लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो।
आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख छ । आयोगका अनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ। आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने छ ।
Comments
अरु समाचार
-
नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास आजदेखि
काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त तालिम अभ्यास सूर्य किरण–१७ शुक्रबारदेखि भारतको पिथौरागढमा सुरु हुने भएको छ ।...
-
ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन सकिँदैन: प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिर्जना गर्नेलाई छुट दिन नसकिने बताएका छन्...
-
नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिमा संम्पन्न
काठमाडौं । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास...
-
‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति
काठमाडौं । अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी...
-
उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा
काठमडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा दिएका छन् । नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत...
-
पाटन अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प
काठमाडौं । पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै...
-
भूकम्पपीडितलाई बागमती प्रदेशले डेढ करोड सहयोग गर्ने
काठमाडौं । बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि रू एक करोड ५० लाख सहयोग...
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलट निलम्बित
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा...
-
काठमाडौंका तीन सडक आजदेखि एकतर्फी बनाइदै
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ । महानगरभित्र दोहोरो सवारी सञ्चालन भइरहेका तीनवटा...