विश्वकप छनोट: ब्राजिलमाथि अर्जेन्टिनाको सानदार जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलमाथि अर्जेन्टिनाले जित हात पारेको छ। चिरप्रतिद्वन्द्वी ब्राजिललाई उसैको मैदानमा अर्जेन्टिनाले १–० गोलको जित निकालेको हो।
ब्राजिलको माराकाना रंगशालामा समर्थकबीच झडप हुँदा ढिलो गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। समर्थकबीच झडप हुँदा अर्जेन्टिनाका खेलाडी ड्रेसिङ रूममा गएका थिए। दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिँदा घरेलु समर्थक स्तब्ध बने। ६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले सेल्सोको पासमा गोल गरेका थिए।
खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। अर्जेन्टिनाका डि पललाई हातले धकेलेपछि उनलाई रातो कार्ड दिइएको थियो। जितसपछि अर्जेन्टिना शीर्ष स्थानमै छ। अर्जेन्टिनाको ६ खेलबाट १५ अंक छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ। उरुग्वेले आजै बोलिभियालाई ३–० ले हरायो।
यता ब्राजिल भने छैटौं स्थानमा झरेको छ। ब्राजिलको ६ खेलबाट ७ अंक छ। ब्राजिल विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकालेपछिका चार खेलमा जितबिहीन छ। तेस्रो खेलमा भेनेजुएलासँग ११ गोलको बराबरी खेलेपछि ब्राजिलले विश्वकप छनोटमा लगातार तीन खेलमा हार बेहोरिसकेको छ। दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपका लागि ६ टिम सिधा छनोट हुनेछन् भने एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












