१५ बुँदे दार्चुला घोषणापत्र जारी गर्दै ‘प्रेस चौतारी’को बैठक सम्पन्न (के–के छन् घोषणापत्रमा ?)
खलंगा । प्रेस चौतारी नेपालको केन्द्रीय समितिको तेश्रो बैठक (मंसिर १२–१३, २०८०) दार्चुलाको खलंगामा सम्पन्न भएको छ । संगठनका अध्यक्ष गणेश वस्नेतको अध्यक्षता र एमाले स्थायी कमिटी सदस्य तथा संगठनका इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न तेश्रो पूर्ण बैठक १५ बूँदे ‘दार्चुला घोषणापत्र–२०८०’ जारी गर्दै सम्पन्न भएको हो ।
प्रेस चौतारी नेपालको ‘दार्चुला घोषणा–पत्र २०८०’ :
१) यो बैठक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सूदुरपश्चिम प्रदेश दार्चुला जिल्लामा अवस्थित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको नक्सा जारी गरेको ऐतिहाँसिक र गौरवमय दिनको सम्झना गर्दछ । तर, अझै पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सुगौली सन्धी र सीमा सम्बन्धी अन्तराष्ट्रिय कानून बिपरित एकपक्षीय ढङ्गले अतिक्रमण र हस्तक्षेप जारी राखेकोप्रति यो बैठक खेद प्रकट गर्दछ । सम्पूर्ण सीमा सम्बन्धी समस्यालाई द्धिपक्षीय कुटनीतिक वार्ता मार्फत ऐतिहाँसिक तथ्य र प्रमाणका आधारमा तत्काल समाधान गर्न समद्ध पक्षसँग यो बैठक माग गर्दछ ।
२) यो बैठक नेपालका श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारहरूको अग्रणी संगठन प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प गर्दछ ।
३) यो बैठकको नेपाल पत्रकार महासंघले ‘सार्वजनिक’ गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले अभ्यास गर्दै आएको मूल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावली र पूर्ववत निर्णयको आधारमा सुद्धिकरण मापदण्ड अनुसार आस्थाको आधारमा विभेद नगरी बिना छलछाम सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्न यो बैठक माग गर्दछ ।
सात दशक यता महासंघले अभ्यास गर्दै आएको मूल्य—मान्यता, स्थापित गरेको प्रणाली र लागू गर्दै आएको विधान, नियमावलीको जगमा महासंघ सबैको साझा संगठनको रूपमा स्थापित छ । तर, ती सबै अभ्यास, मूल्य—मान्यता, प्रणाली, विधान नियमावली विपरित वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्य माथि नैं प्रश्न उठ्ने गरी सूची सार्वजनिक गरिएको ठहर यो बैठकको छ । सुर्खेत साधरणसभाले निर्देशित गरे अनुसार व्यवसायिक तथा श्रमजीवी पत्रकारहरूका सबै संगठनको साझा सहमतिबाट महासंघको सदस्यता टुङ्गो लगाउन माग गर्दछ ।
४) कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई गैरकानूनी ढंगले निष्कासन तथा सरूवा गरेकोमा प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । कान्तिपुर मिडिया ग्रुपको यो कदम जारी श्रमजीवी पत्रकार ऐन, श्रम अधिकार, विद्यमान कानून, प्रचलित विधि र पद्धति विपरीत रहेको ठहर प्रेस चौतारी नेपालको छ । कान्तिपुर मिडिया गु्रपको पछिल्लो कदम विरूद्ध श्रमजीवी पत्रकारहरूले जारी राखेको आन्दोलनप्रति यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ । साथै, तत्काल गैरकानूनी ढंगले निष्कासन गरिएका श्रमजीवी पत्रकारहरूलाई पुनःवहाली र कानूनविपरीत सरूवा गरिएका पत्रकारहरूलाई यथाअवस्थामा काम गर्न दिन यो बैठक माग गर्दछ ।
५) ‘सम्बन्ध स्थानीय स् सन्देश राष्ट्रिय’ योजना सहित यहि १४ मंसिर २०८० गतेवाट बैतडीको झुलाघाबाट नेकपा एमालेले सुरू गर्ने तीन हप्ते ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूको समृद्धिको लागि उपलब्धीमूलक हुने यो यात्रा राष्ट्रिय अभियान हो । तसर्थ, सम्पूर्ण आम सञ्चारकर्मीहरूलाई यो यात्रामा सहभागी भएर यात्राको सन्देश र प्रभावको बारेमा रिपोर्टिङ्गको लागि यो बैठक हार्दिक अपिल गर्दछ ।
६) यो बैठक कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिक २०८० मा गएको ६ दशमलब ४ रेक्टरस्केलको भूकम्पबाट भूकम्पबाट ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै भुकम्पमा घाइतेहरु भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । भुकम्पले जाजरकोट र रुकुमपश्चिम जिल्लामा प्रभावित भएका सञ्चार संस्था र पत्रकारलाई यथासक्य राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रेस चौतारी नेपाल जोडदार माग गर्दछ । साथै भुकम्प प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत वितरण, उपचार र पुर्नस्थापनाको लागि तत्काल ठोस कदम चाल्न सरकारसँग माग गर्दछ ।
७) नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गरेको छ । तर, वर्तमान सरकारले एकपछि अर्को प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदमहरू चालिरहेकोप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो पटक सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध यही श्रृंखलाको एउटा कडी भएको ठहर बैठकको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका कदमहरूलाई तत्काल फिर्ता लिन यो बैठक माग गर्दछ ।
८) श्रमजीवी पत्रकारसम्बन्धी ऐन अझै पूर्ण रूपमा कार्यान्वयन नहुँदा विभिन्न सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरू श्रमको न्यूनतम मूल्यबाट समेत वञ्चित हुनु परेको विडम्बनापूर्ण अवस्था कायम छ । यो बैठक श्रमजीवी पत्रकारहरूको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीहरूको तुलनात्मक पारिश्रमिक दरको अध्ययनका आधारमा न्युनतम तलब वृद्धिको माग गर्दछ ।
९) पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदा सूदुरपश्चिम प्रदेशमा पछिल्लो समयमा श्रमजीवी पत्रकार, पत्रकार महिला पेशाबाट पलायन हुने क्रम तिव्र छ। यो बैठक स्थानीय तह तथा प्रदेश सरकारका निकायहरूबाट जारी हुने सूचनामुलक विज्ञापन श्रमजीवी पत्रकारहरूद्धारा स्थानीय स्तरमा सञ्चालित स्वरोजगार मुलक सञ्चारमाध्यमहरूमा अनिवार्य प्रकाशन र प्रसारणको आवश्यक कानून तथा नीति निर्माण गर्न प्रदेश र स्थानीय सरकारसँग माग गर्दछ ।
१०) अनलाइन सञ्चार माध्यमहरूलाई वैज्ञानिक प्रणालीबाट वर्गीकरण गरी लोक कल्याणकारी विज्ञापन अबिलम्ब उपलब्ध गराउन र श्रमजीवी पत्रकारहरूले सञ्चालन गर्दै आएका अनलाइन सञ्चार माध्यमहरूलाई विशेष लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन यो बैठक माग गर्दछ ।
११) दार्चुलाको समृद्धिको निम्ती महत्वपूर्ण केन्द्रको रूपमा रहेको नेपाल तिब्बत व्यापारिक केन्द्र तिंकर नाका सञ्चालनका लागि द्धिपक्षीय कुटनीति वार्ता मार्फत पहलकदमी लिन सरकारसँग यो बैठक माग गर्दछ । यसैगरी, दार्चुला सदरमुकाम र दार्चुला व्यास गाउँपालिका १ स्थित छागँरू र तिंकरविच सडक नहुँदा आफ्नै देशको भू–भागमा ओहोदोहोर गर्न पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । यो बैठक दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरी यथाशक्य सडक निर्माण गर्न माग गर्दछ ।
१२) महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण गर्दा महाकाली नदीले धार परिवर्तन गरी नेपाली वस्तीहरू जोखिममा परेका छन् । एकतर्फी रूपमा बनाइएका संरचना भत्काउन यो बैठक माग गर्दछ ।
१३) यो बैठक पत्रकारको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अध्ययन–अनुसन्धान, अभिलेखीकरणका लागि संघ र प्रदेशस्तरमा ‘आम सञ्चार प्रशिक्षण प्रतिष्ठान’ गठनको माग गर्दछ ।
१४) श्रमजीवी पत्रकारहरुको लामो समयदेखिको संघर्ष र योगदानको जगमा स्थापित पत्रकार कल्याणकारी कोषको रकम दुरुपयोग भएको नेपाल पत्रकार महासंघकै सदस्यहरुले सार्वजनिक रुपमा बताइरहेका छन् । यो बैठक महासंघको पत्रकार कल्यणकारी कोषको रकम पारदर्शी रुपमा सञ्चालन गर्न माग गर्दछ ।
१५) प्रेस चौतारी नेपालको तेश्रो केन्द्रीय समितिको पूर्ण बैठक ऐतिहासिक रूपमा सम्पन्न गर्नका लागि व्यबस्थापन गर्ने दार्चुला जिल्ला समिती, दार्चुलाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, प्रेस चौतारी दार्चुलाका सम्पूर्ण सदस्यहरू, सूदुरपश्चिम प्रदेश समिती, पार्टी पोलिटव्यूरो सदस्य क।गणेश ठगुन्ना, केन्द्रीय कमिटी सदस्य क। कमला बोहरा, जिल्ला अध्यक्ष क।प्रेमसिंह धामी लगायत पार्टी कमिटीका सम्पूर्ण नेताहरू र दार्चुलाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखज्यूहरु स्थानीय प्रशासनका प्रमुख ज्यूहरुप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












