एनसेलको सेयर किनबेच भएको विषयप्रति दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर किनबेच भएको विषयमा ध्यानाकर्षण भएको बताएको छ । एनसेलको ८० प्रतिशत सेयरसहितको स्वामित्व भएको मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हाडले उक्त सेयर स्वामित्व बेचेको भन्दै विज्ञप्ति जारी गरेको छ ।
त्यसपछि प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको प्राधिकरणले बताएको हो । ‘त्यस कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनी विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा समाचार समेत प्रकाशित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ’, प्राधिकरणले भनेको छ ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ट० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । प्राधिकरणले आजियाटालाई सोही अनुसार गर्न भन्दै पत्राचार गरेको हो । पत्रमा प्राधिकरणले कम्पनी रजिस्टारको कार्यालयलाई समेत बोधार्थ उल्लेख गरेको छ ।
प्राधिकरणका एक अधिकारीले अहिलेसम्म कुनै पनि कम्पनी सेयर खरिद बिक्री गर्ने अनुमति लिन नआएको बताएका छन् ।आजियाटाले स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराबाट सन् २०१६ मा एक अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । अहिले सोही सेयर पाँच करोड अमेरिकी डलरमा बिक्री गरेपछि कर छल्ने प्रपञ्च भएको भन्दै टीकाटिप्पणी हुन थालेको छ ।
एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको हो । आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन् । यसअघि उनको स्वामित्त्वमा एनसेलको २० प्रतिशत सेयर रहेको थियो । आजियाबाट एनसेलको सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको बताइएको छ । उक्त कम्पनी आचार्य र डेन्टन्स सेक्रेटरिज लिमिटेडको संयुक्त स्वामित्त्वमा छ ।
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











