एनसेलको सेयर किनबेच भएको विषयप्रति दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण
काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर किनबेच भएको विषयमा ध्यानाकर्षण भएको बताएको छ । एनसेलको ८० प्रतिशत सेयरसहितको स्वामित्व भएको मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हाडले उक्त सेयर स्वामित्व बेचेको भन्दै विज्ञप्ति जारी गरेको छ ।
त्यसपछि प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको प्राधिकरणले बताएको हो । ‘त्यस कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनी विज्ञप्ति प्रकाशित भएको देखिएको र यस विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा समाचार समेत प्रकाशित भइरहेको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ’, प्राधिकरणले भनेको छ ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९ट० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । प्राधिकरणले आजियाटालाई सोही अनुसार गर्न भन्दै पत्राचार गरेको हो । पत्रमा प्राधिकरणले कम्पनी रजिस्टारको कार्यालयलाई समेत बोधार्थ उल्लेख गरेको छ ।
प्राधिकरणका एक अधिकारीले अहिलेसम्म कुनै पनि कम्पनी सेयर खरिद बिक्री गर्ने अनुमति लिन नआएको बताएका छन् ।आजियाटाले स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराबाट सन् २०१६ मा एक अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । अहिले सोही सेयर पाँच करोड अमेरिकी डलरमा बिक्री गरेपछि कर छल्ने प्रपञ्च भएको भन्दै टीकाटिप्पणी हुन थालेको छ ।
एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको हो । आचार्य सिंगापुरमा बस्ने नेपाली व्यवसायी हुन् । यसअघि उनको स्वामित्त्वमा एनसेलको २० प्रतिशत सेयर रहेको थियो । आजियाबाट एनसेलको सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको बताइएको छ । उक्त कम्पनी आचार्य र डेन्टन्स सेक्रेटरिज लिमिटेडको संयुक्त स्वामित्त्वमा छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












