उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा गर्ने निर्णय गरेको छ ।
बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । सैनिक मुख्यालयमा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएको थियो ।
बैठकले सेनाका महासेनानीहरु कमल बानियां,राजाराम बस्नेत,रोजप्रताप राणा र संजय देउजाको सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
सेनाका बलाधिकृतरथी सिताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उनको नाम रथी बढुवाका लागि सिफारिस गरेपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् ।
सेनाको हायर कमाण्ड कोर्समा समेत उनि प्रथम भएका थिए । तनहुंमा जन्मेर भैरहवामा हुर्केका सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । हाल उनि सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशक छन् ।
सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउंमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो ।
रथीमा बढुवासंगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । योसंगै शर्माले भदौ २४ मा अवकास पाएपछि सिग्देल सेनाको ४५ औं प्रधानसेनापति बन्ने लगभग निश्चित भएको छ ।
सेनाका उपरथीहरुको सरुवा
मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले सेनाका उपरथीहरुको समेत सरुवा गरेको छ । सरुवा हुनेहरुमा सेनाको पश्चित पृतनाका पृतनापति रहेका उपरथी दीपक बानियांको निरिक्षणाधिकृतको कार्यालय, विजय थापा युद्धकार्य महानिर्देशक, सुदर्शन सिलवाल मध्यपूर्वी पृतना वर्दीवास, गणेश श्रेष्ठको सुदुरपश्चिम पृतना धनगढी र उपरथीमा बढुवा भएका सन्तोषवल्लभ पौडेलको पश्चिम पृतना पोखरामा पदस्थापन भएको छ ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











