नगरपालिकाको बार्दलीमा उभिएर भाषण गरेका गगन थापाले एकाबिहानै माफी मागे
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पामा पार्टीको जिल्ला सम्मेलन गर्दा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन्।
गएको मंसिर ३० गते कांग्रेसले प्रथम पाल्पा सम्मेलन गर्दा तानसेन नगरपालिकाको मूल बोर्डमा पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए।
पाल्पा कांग्रेसले सम्मेलनको लागि तानसेन नगरपालिकाको भवनमा रहेको सभाहल मात्रै भाडामा लिएको थियो।
नगरपालिकाको भवनको तल्लो तलामा रहेको सभाहल भाडामा लिएको कांग्रेसले नगरपालिका भवनभरी नै पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरेपछि त्यसको चर्को आलोचना भएको थियो।
कांग्रेसले नगरपालिकाको मूल बोर्डलाई कपडाले छोपेर पार्टीको झण्डा र व्यानर टांगेर कार्यक्रम गरेको थियो। तानसेन नगरपालिकाको प्रमुख (मेयर) नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ छन्।
सम्मेलनको लागि तल्लो तलाको हलमा मूल ब्यानर टाँगेर कार्यक्रम गरिए पनि प्रमुख अतिथी थापाको सम्बोधनको लागि भने नगरपालिकाको कार्यालयको माथिल्लो तलाको बार्दली नै प्रयोग गरिएको थियो।
नगरपालिकाको बार्दलीमा उभिएर थापाले देशमा सुशासन नभएको भाषण गरेका थिए। राजनीतिक पार्टीको जिल्ला सम्मेलनको लागि सिंगो कार्यालय भवन नै उपलब्ध गराएको भन्दै मेयर श्रेष्ठको पनि चर्को आलोचना भएको छ।
आफू र मेयरको आचोचना भएपछि महामन्त्री थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा गल्ती भएको स्वीकार गरेका हुन्। उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु।’
सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु गरिए पनि पछि हल बाहिर रहेका साथीहरूले मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि बार्दली माथि गएर भाषण गरेको स्पष्टीकरण उनले दिएका छन्।
‘सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो। तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो,’ उनले आत्मालोचनासहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भिर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ। आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












