नगरपालिकाको बार्दलीमा उभिएर भाषण गरेका गगन थापाले एकाबिहानै माफी मागे
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पामा पार्टीको जिल्ला सम्मेलन गर्दा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन्।
गएको मंसिर ३० गते कांग्रेसले प्रथम पाल्पा सम्मेलन गर्दा तानसेन नगरपालिकाको मूल बोर्डमा पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए।
पाल्पा कांग्रेसले सम्मेलनको लागि तानसेन नगरपालिकाको भवनमा रहेको सभाहल मात्रै भाडामा लिएको थियो।
नगरपालिकाको भवनको तल्लो तलामा रहेको सभाहल भाडामा लिएको कांग्रेसले नगरपालिका भवनभरी नै पार्टीका झण्डा र व्यानर टाँगेर कार्यक्रम गरेपछि त्यसको चर्को आलोचना भएको थियो।
कांग्रेसले नगरपालिकाको मूल बोर्डलाई कपडाले छोपेर पार्टीको झण्डा र व्यानर टांगेर कार्यक्रम गरेको थियो। तानसेन नगरपालिकाको प्रमुख (मेयर) नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ छन्।
सम्मेलनको लागि तल्लो तलाको हलमा मूल ब्यानर टाँगेर कार्यक्रम गरिए पनि प्रमुख अतिथी थापाको सम्बोधनको लागि भने नगरपालिकाको कार्यालयको माथिल्लो तलाको बार्दली नै प्रयोग गरिएको थियो।
नगरपालिकाको बार्दलीमा उभिएर थापाले देशमा सुशासन नभएको भाषण गरेका थिए। राजनीतिक पार्टीको जिल्ला सम्मेलनको लागि सिंगो कार्यालय भवन नै उपलब्ध गराएको भन्दै मेयर श्रेष्ठको पनि चर्को आलोचना भएको छ।
आफू र मेयरको आचोचना भएपछि महामन्त्री थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा गल्ती भएको स्वीकार गरेका हुन्। उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाही प्रति क्षमा चाहान्छु।’
सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु गरिए पनि पछि हल बाहिर रहेका साथीहरूले मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि बार्दली माथि गएर भाषण गरेको स्पष्टीकरण उनले दिएका छन्।
‘सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो। तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो,’ उनले आत्मालोचनासहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसका लागि नगरपालिकाको व्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भिर लापरवाही हो। यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहान्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ। आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












