सुन्तलाको बोट सुक्दै गएपछि काभ्रेका कृषक चिन्तामा
काठमाडौं । आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुफेदीका कृषक चैत्यमुनि बज्रचार्यले सुन्तलाका बोट सुक्ने र रोग लागेर कम फल्न थालेकाले आम्दानी घट्दै गएको बताए । गत वर्षभन्दा यस वर्ष अलि बढी फले पनि मलजलको व्यवस्था, गोडमेल, माटो परीक्षण नगर्ने र कीरा लाग्ने गरेकाले कम फलेको उनको भनाइ थियो ।
सोही ठाउँका अर्का कृषक सन्तवीर तामाङले फल लागे पनि कीरा लागेर समस्या भएको बताए । “सुन्तला कम फल्न थालेपछि बगैँचाभित्र ट्र्याक्टर जोतेर मकै, तोरीलगायतका अन्य बाली लगाउन थालेपछि जरा काटिएर सुक्न थालेका हुन्”, उनले भने, “खेतीको नयाँ प्रविधि र रोगको उपचार विधि सिक्न पाएमा राम्रो हुने थियो ।”
पनौती नगरपालिका–१० का कृषक मधुसुदन आचार्यले आम्दानीको मुख्य स्रोत सुन्तला खेती भए पनि भूकम्पपछिको समयदेखि कम फल्न थालेको बताए । तीन÷चार रोपनीमा खेती गर्दै आएकामा बोट सुक्दै जान थालेपछि कतिपय बोट काटेर फालेको उनले सुनाए।
“डाँडामा पहिलादेखि प्रशस्त उत्पादन हुन्थ्यो । यसकै आम्दानीबाट आर्थिक उपार्जन गर्दै आएका थियौँ । पछिल्लो समयमा खेती नै कम हुन थालेको छ”, आचार्यले भने, “अझ पछिल्ला वर्षमा ऐंजेरु लागेर दाना कम र मसिनो फल्ने मुख्य समस्यामा यहाँका कृषक रहेका छन् ।” स्थानीय तह र कृषि विज्ञको सल्लाहअनुसार उपचारको विधि अपनाउने र पुरानो बिरुवा निकालेर नयाँ बिरुवा रोप्ने अभियान थाले पनि रोगको चपेटामा परेर यसबाट आम्दानी लिनसक्ने अवस्था नरहेको उनको भनाइ थियो ।
धुलिखेल नगरपालिका–१२ मा रहेको महालक्ष्मी कृषक सहकारी संस्थाका अध्यक्ष माधव श्रेष्ठले कृषकको समस्यालाई समाधान गर्नका लागि कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकबाट सुन्तला खेती सुधार कार्यक्रमअन्तर्गत रोगको किटाणु नाश गर्ने विधि, मोहनी पासो, भिटामिन राख्नेलगायत काम गरिएको जानकारी दिए । “यसो गर्दा केहीमात्रामा सुधार आएको थियो । आम्दानीको मुख्य स्रोत सुन्ताला खेती भएका कृषकलाई किटाणु नाश गर्ने विधि र प्रविधि दुवै सिकाउन जरुरी छ”, उनको भनाई छ।
गत वर्षदेखि औषधि छर्ने काम गरेकाले यस वर्ष केही सुधार भएको र फल पनि लागेको श्रेष्ठले बताए । केही सुधार आएपछि कृषकमा उत्साह जागेको भन्दै ज्ञान केन्द्रले अहिलेको अवस्थाका बारेमा अध्ययन गरी थप सुधारका लागि योजना बनाएर काम गर्नुपर्नेमा उनको भनाई छ ।
धुलिखेल–१२ का वडाध्यक्ष मोहन लामिछानेले कृषकको सुन्तला खेतीमा सुधार ल्याउन आर्थिक वर्ष २०७६÷२०७७ देखि सुन्तला सुधारकार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको जनाकारी दिए। पछिल्लो समयमा वडा सरकारसँगको सहकार्यमा महालक्ष्मी कृषक सहकारी संस्था र गौरीशङ्कर साना कृषि सहकारी संस्थामार्फत बाली संरक्षणअन्तर्गतका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
वडाध्यक्ष लामिछानेले सुन्तलाका सुकेका हाँगा काट्ने, फललाई जालोले बेर्ने, औषधि छर्किने र नयाँ बिरुवा रोप्नेलगायत काम गर्दै आइएको उनले सुनाए । व्यावसायिक कृषकले सुन्तलाका बोटको बढी स्याहार गर्ने भएकाले बगैँचा सुधार हुँदै गएको उनको भनाइ थियो ।
सुन्तालको खेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका किसानले हरेक घरबाट रू डेढ लाखदेखि रू १५ लाखसम्म वार्षिक आम्दानी लिने गरेका जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाखेती नै प्रमुख स्रोत बनाएका शङ्खु, एक्लेखेत, पाटीचौर, सल्लेनीका कृषक पुराना बोट फालेर नयाँ बोट लगाउने तथा पुराना बोटलाई उपचार विधिबाट उत्पदानशिल बनाउने अभियानमा लागेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












