सुन्तलाको बोट सुक्दै गएपछि काभ्रेका कृषक चिन्तामा
काठमाडौं । आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला कम फलेपछि किसान चिन्तित बनेका हुन् ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ शङ्खुफेदीका कृषक चैत्यमुनि बज्रचार्यले सुन्तलाका बोट सुक्ने र रोग लागेर कम फल्न थालेकाले आम्दानी घट्दै गएको बताए । गत वर्षभन्दा यस वर्ष अलि बढी फले पनि मलजलको व्यवस्था, गोडमेल, माटो परीक्षण नगर्ने र कीरा लाग्ने गरेकाले कम फलेको उनको भनाइ थियो ।
सोही ठाउँका अर्का कृषक सन्तवीर तामाङले फल लागे पनि कीरा लागेर समस्या भएको बताए । “सुन्तला कम फल्न थालेपछि बगैँचाभित्र ट्र्याक्टर जोतेर मकै, तोरीलगायतका अन्य बाली लगाउन थालेपछि जरा काटिएर सुक्न थालेका हुन्”, उनले भने, “खेतीको नयाँ प्रविधि र रोगको उपचार विधि सिक्न पाएमा राम्रो हुने थियो ।”
पनौती नगरपालिका–१० का कृषक मधुसुदन आचार्यले आम्दानीको मुख्य स्रोत सुन्तला खेती भए पनि भूकम्पपछिको समयदेखि कम फल्न थालेको बताए । तीन÷चार रोपनीमा खेती गर्दै आएकामा बोट सुक्दै जान थालेपछि कतिपय बोट काटेर फालेको उनले सुनाए।
“डाँडामा पहिलादेखि प्रशस्त उत्पादन हुन्थ्यो । यसकै आम्दानीबाट आर्थिक उपार्जन गर्दै आएका थियौँ । पछिल्लो समयमा खेती नै कम हुन थालेको छ”, आचार्यले भने, “अझ पछिल्ला वर्षमा ऐंजेरु लागेर दाना कम र मसिनो फल्ने मुख्य समस्यामा यहाँका कृषक रहेका छन् ।” स्थानीय तह र कृषि विज्ञको सल्लाहअनुसार उपचारको विधि अपनाउने र पुरानो बिरुवा निकालेर नयाँ बिरुवा रोप्ने अभियान थाले पनि रोगको चपेटामा परेर यसबाट आम्दानी लिनसक्ने अवस्था नरहेको उनको भनाइ थियो ।
धुलिखेल नगरपालिका–१२ मा रहेको महालक्ष्मी कृषक सहकारी संस्थाका अध्यक्ष माधव श्रेष्ठले कृषकको समस्यालाई समाधान गर्नका लागि कृषि ज्ञानकेन्द्र काभ्रेपलाञ्चोकबाट सुन्तला खेती सुधार कार्यक्रमअन्तर्गत रोगको किटाणु नाश गर्ने विधि, मोहनी पासो, भिटामिन राख्नेलगायत काम गरिएको जानकारी दिए । “यसो गर्दा केहीमात्रामा सुधार आएको थियो । आम्दानीको मुख्य स्रोत सुन्ताला खेती भएका कृषकलाई किटाणु नाश गर्ने विधि र प्रविधि दुवै सिकाउन जरुरी छ”, उनको भनाई छ।
गत वर्षदेखि औषधि छर्ने काम गरेकाले यस वर्ष केही सुधार भएको र फल पनि लागेको श्रेष्ठले बताए । केही सुधार आएपछि कृषकमा उत्साह जागेको भन्दै ज्ञान केन्द्रले अहिलेको अवस्थाका बारेमा अध्ययन गरी थप सुधारका लागि योजना बनाएर काम गर्नुपर्नेमा उनको भनाई छ ।
धुलिखेल–१२ का वडाध्यक्ष मोहन लामिछानेले कृषकको सुन्तला खेतीमा सुधार ल्याउन आर्थिक वर्ष २०७६÷२०७७ देखि सुन्तला सुधारकार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिएको जनाकारी दिए। पछिल्लो समयमा वडा सरकारसँगको सहकार्यमा महालक्ष्मी कृषक सहकारी संस्था र गौरीशङ्कर साना कृषि सहकारी संस्थामार्फत बाली संरक्षणअन्तर्गतका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
वडाध्यक्ष लामिछानेले सुन्तलाका सुकेका हाँगा काट्ने, फललाई जालोले बेर्ने, औषधि छर्किने र नयाँ बिरुवा रोप्नेलगायत काम गर्दै आइएको उनले सुनाए । व्यावसायिक कृषकले सुन्तलाका बोटको बढी स्याहार गर्ने भएकाले बगैँचा सुधार हुँदै गएको उनको भनाइ थियो ।
सुन्तालको खेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका किसानले हरेक घरबाट रू डेढ लाखदेखि रू १५ लाखसम्म वार्षिक आम्दानी लिने गरेका जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाखेती नै प्रमुख स्रोत बनाएका शङ्खु, एक्लेखेत, पाटीचौर, सल्लेनीका कृषक पुराना बोट फालेर नयाँ बोट लगाउने तथा पुराना बोटलाई उपचार विधिबाट उत्पदानशिल बनाउने अभियानमा लागेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












