आजको राशिफल: २०८० पुस १० गते मंगलवार
मेष: शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम थालनी हुनेछ। आयस्रोत बढाउन सकिनेछ। दिउँसोदेखि शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।
वृष: काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ।
मिथुन: मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्।
कर्कट: प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत पाइनेछ। तर दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी हुनेछ। आकस्मिक समस्याले खर्च बढ्न सक्छ। यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।
सिंह: मिहिनेतले पहिलेको स्थितिमा सुधार आउनेछ र गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। काम बन्नाले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। दिउँसोदेखि अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आम्दानी भए पनि खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ।
कन्या :श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। दिउँसोदेखि पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।
तुला :अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। फाइदाका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। श्रम परे पनि दिउँसोदेखि विशेष उपलब्धि प्राप्त हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। तत्काल काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
वृश्चिक: बिहानको समय उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका बीच मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यबाधा हुन सक्छ। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
धनु: बिहानको समय संघर्षपूर्ण देखिए पनि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला।
मकर: बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ। मिहिनेतीहरूका लागि दिन उत्साहजनक रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। स्वास्थ्यमा भने विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रिया अघि बढ्नेछ।
कुम्भ : अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ।
मीन: बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला। विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। तर योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












