पत्रकारको नेताबाटै श्रम शोषण
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र उपाध्यक्ष निर्मल ज्ञवालीले सञ्चालन गरेको झिल्को डटकममा कार्यरत सम्पादक फणिन्द्र फुयाललाई तलब नै नदिई संस्था छाड्न दबाब दिएको खुलासा भएको छ ।
सम्पादकको भूमिकामा रहेका फूयाल विगत ५ वर्षदेखि झिल्कोमा कार्यरत छन् । उनलाई जुगल र ज्ञवालीले पछिल्लो समय संस्था घाटामा गएको भन्दै श्रमदान गर्ने भए बस्नू नभए छाड्नु भन्दै दबाब दिएपछि उनले विभिन्न निकायमा गुहार समेत मागेको खुलेको छ ।
श्रमजीवी ऐनको लागू गर्नुपर्छ भन्दै पार्टीको झण्डामूनीको संगठनको नेतृत्व लिएर बसेका दुई नेताहरुले आफ्नै संस्थामा काम गर्ने पत्रकारलाई निर्मम ढंगले संस्था छाड्न बाध्य बनाउन लागेको पाइएको छ ।
सम्पादक फूयालले हेलो सरकारदेखि पत्रकार महासंघ, प्रेस काउन्सिल लगायत सरोकारवाला निकायमा आफूलाई स–सम्मान काम गर्ने वातावरण मिलाइदिन अपिल गर्दै उजुरी नै दिएका छन् । हेलो सरकारमा दिएको उजुरीमा उनले राखेको मागलाई सम्बन्धित निकायमा पठाइसकिएको जवाफ आएको उनले जानकारी दिएका छन् ।
‘श्रमजीवी पत्रकारका मुद्दा बोकेर हिड्ने नेताहरुको संस्थामा काम गर्न पाउँदा म खुशी नै थिए । कामको सुरक्षादेखि उनीहरुले श्रमको मूल्यलाई मर्न दिन्नन भन्ने मेरो अपेक्षामाथि घात भएको छ’ फूयालले भने, ‘श्रमजीवीको मुद्दा बोक्ने त परैको कुरा भयो । मलाई श्रमदान गर्न भनिएको अवस्था छ । म शिकारु पत्रकार पनि त होइन । विगत ५ वर्षदेखि सम्पादकीय नेतृत्वमा बसेर काम गरेको छु । उहाँहरु यो संस्थामा छिरेको केहि महिना नबित्दै मलाई जाउ भन्नुले पनि म आश्चार्यमा छु ।’
सम्पादक फूयालको विषयमा जिज्ञासा राख्दा झिल्कोका अध्यक्ष समेत रहेका ज्ञवालीले भोलि नै संगै बसेर मिलाउने बताएका छन् । ‘हामी झिल्कोमा संलग्न भएको धेरै भएको छैन । हामी उहाँको पारिश्रमिक भोलि नै व्यवस्था गर्छाैं । सहमतिमै उहाँले संस्था छाड्ने निर्णय गर्नु भएको हो’, उनले भने, ‘उजुरीका कुराहरु भावनात्मक पनि होलान्, समस्या हुँदैन । व्यवस्थापन हुन्छ ।’
अध्यक्ष ज्ञवालीले राखेको विषयबारे जिज्ञासा राख्दा सम्पादक फूयालले भने उनको कुरामा कुनै सत्यता नभएको बताएका छन् । आफूले संस्था छाड्ने विषयमा कहिल्यै पनि कुरा नगरेको फूयालको दाबी छ । काम गर्ने वातावरण मिलाइदिन निवेदन दिने मान्छेले छाड्छु भन्छ होला ? उनले प्रतिप्रश्न गरे ।
लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक भएर काम गरेका जुगलले सानो संस्थामा समेत पत्रकारलाई तलब नदिई श्रमदान गर भन्दै दिएको अभिव्यक्तिले उनको असली रुप बाहिरिएको टिप्पणी सुरु भएको छ । सम्पादक फूयालले असोजदेखिको पारिश्रमिक समेत नपाएको उजुरीमा उल्लेख गरेका छन् ।
पत्रकारको संगठनको नेतृत्व गरेपनि उनीसँग कुनै मिडियामा आवद्धता नदेखिएपछि उनीहरुले गएको बैशाखदेखि झिल्को डटकममा लगानीकर्ताको रुपमा आएको बताइन्छ । झिल्को लामो समयदेखि माओवादी धारलाई समाएर पत्रकारिता गर्दै आएको अनलाइन सञ्चार माध्यम पनि हो । त्यसपछि जुगल र ज्ञवाली भित्रिएपछि संस्थामा वितण्डा मच्चिएको आरोप लागेको छ ।
उसोतः जुगलमाथि रेडियो मिर्मिरेबाट उपकरणदेखि विभिन्न वस्तु कब्जा गरेर मैत्री एफएममा लगेको आरोप समेत लागेको थियो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












