पत्रकारको नेताबाटै श्रम शोषण
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ र उपाध्यक्ष निर्मल ज्ञवालीले सञ्चालन गरेको झिल्को डटकममा कार्यरत सम्पादक फणिन्द्र फुयाललाई तलब नै नदिई संस्था छाड्न दबाब दिएको खुलासा भएको छ ।
सम्पादकको भूमिकामा रहेका फूयाल विगत ५ वर्षदेखि झिल्कोमा कार्यरत छन् । उनलाई जुगल र ज्ञवालीले पछिल्लो समय संस्था घाटामा गएको भन्दै श्रमदान गर्ने भए बस्नू नभए छाड्नु भन्दै दबाब दिएपछि उनले विभिन्न निकायमा गुहार समेत मागेको खुलेको छ ।
श्रमजीवी ऐनको लागू गर्नुपर्छ भन्दै पार्टीको झण्डामूनीको संगठनको नेतृत्व लिएर बसेका दुई नेताहरुले आफ्नै संस्थामा काम गर्ने पत्रकारलाई निर्मम ढंगले संस्था छाड्न बाध्य बनाउन लागेको पाइएको छ ।
सम्पादक फूयालले हेलो सरकारदेखि पत्रकार महासंघ, प्रेस काउन्सिल लगायत सरोकारवाला निकायमा आफूलाई स–सम्मान काम गर्ने वातावरण मिलाइदिन अपिल गर्दै उजुरी नै दिएका छन् । हेलो सरकारमा दिएको उजुरीमा उनले राखेको मागलाई सम्बन्धित निकायमा पठाइसकिएको जवाफ आएको उनले जानकारी दिएका छन् ।
‘श्रमजीवी पत्रकारका मुद्दा बोकेर हिड्ने नेताहरुको संस्थामा काम गर्न पाउँदा म खुशी नै थिए । कामको सुरक्षादेखि उनीहरुले श्रमको मूल्यलाई मर्न दिन्नन भन्ने मेरो अपेक्षामाथि घात भएको छ’ फूयालले भने, ‘श्रमजीवीको मुद्दा बोक्ने त परैको कुरा भयो । मलाई श्रमदान गर्न भनिएको अवस्था छ । म शिकारु पत्रकार पनि त होइन । विगत ५ वर्षदेखि सम्पादकीय नेतृत्वमा बसेर काम गरेको छु । उहाँहरु यो संस्थामा छिरेको केहि महिना नबित्दै मलाई जाउ भन्नुले पनि म आश्चार्यमा छु ।’
सम्पादक फूयालको विषयमा जिज्ञासा राख्दा झिल्कोका अध्यक्ष समेत रहेका ज्ञवालीले भोलि नै संगै बसेर मिलाउने बताएका छन् । ‘हामी झिल्कोमा संलग्न भएको धेरै भएको छैन । हामी उहाँको पारिश्रमिक भोलि नै व्यवस्था गर्छाैं । सहमतिमै उहाँले संस्था छाड्ने निर्णय गर्नु भएको हो’, उनले भने, ‘उजुरीका कुराहरु भावनात्मक पनि होलान्, समस्या हुँदैन । व्यवस्थापन हुन्छ ।’
अध्यक्ष ज्ञवालीले राखेको विषयबारे जिज्ञासा राख्दा सम्पादक फूयालले भने उनको कुरामा कुनै सत्यता नभएको बताएका छन् । आफूले संस्था छाड्ने विषयमा कहिल्यै पनि कुरा नगरेको फूयालको दाबी छ । काम गर्ने वातावरण मिलाइदिन निवेदन दिने मान्छेले छाड्छु भन्छ होला ? उनले प्रतिप्रश्न गरे ।
लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस संयोजक भएर काम गरेका जुगलले सानो संस्थामा समेत पत्रकारलाई तलब नदिई श्रमदान गर भन्दै दिएको अभिव्यक्तिले उनको असली रुप बाहिरिएको टिप्पणी सुरु भएको छ । सम्पादक फूयालले असोजदेखिको पारिश्रमिक समेत नपाएको उजुरीमा उल्लेख गरेका छन् ।
पत्रकारको संगठनको नेतृत्व गरेपनि उनीसँग कुनै मिडियामा आवद्धता नदेखिएपछि उनीहरुले गएको बैशाखदेखि झिल्को डटकममा लगानीकर्ताको रुपमा आएको बताइन्छ । झिल्को लामो समयदेखि माओवादी धारलाई समाएर पत्रकारिता गर्दै आएको अनलाइन सञ्चार माध्यम पनि हो । त्यसपछि जुगल र ज्ञवाली भित्रिएपछि संस्थामा वितण्डा मच्चिएको आरोप लागेको छ ।
उसोतः जुगलमाथि रेडियो मिर्मिरेबाट उपकरणदेखि विभिन्न वस्तु कब्जा गरेर मैत्री एफएममा लगेको आरोप समेत लागेको थियो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












