मूल्य अभिवृद्धि कर बढेपछि श्रीलंकाको राजस्व २५ प्रतिशतले बढ्यो
कोलम्बो । मूल्य अभिवृद्धि कर (भ्याट) बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बिहीबार जानकारी दिनु भएको छ । संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताउनु भएको छ ।
श्रीलङ्का सरकारले भन्सार विभाग, अन्तःशुल्क विभाग र आन्तरिक राजस्व विभागमार्फत राजस्व सङ्कलन गर्ने गरेको सियाम्बलापिटियाले जानकारी दिनु भएको छ। २०२४ माघमा भन्सार विभागले १२१ अर्ब, अन्तःशुल्क विभागले ३९ अर्ब र आन्तरिक राजस्व विभागले एक खर्ब १४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको पनि उहाँले बताउनु भएको छ ।
राज्यमन्त्रीले राजस्व वृद्धिले अन्ततः देशका सबै जनतालाई फाइदा पुग्ने धारणा राख्नु भएको छ । उहाँले संसद्मा जनवरीमा मुद्रास्फीति ६.४ प्रतिशत रहेको र खाद्य मुद्रास्फीति ३.३ प्रतिशत मात्रै रहेको पनि जानकरी दिनु भएको छ । आर्थिक रूपमा टाँट पल्टिन लागेको श्रीलङ्काले पछिल्लो समयमा आर्थिक सुधार गरेको छ ।
Comments
अरु समाचार
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...












