सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री दिनु प्रचण्डको लाचारीपनः राष्ट्रिय जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै एमालेको नीतिमा अहिले पनि सुधार नभएको जनमोर्चाले ठहर गरेको छ ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकी ‘साम्राज्यवाद’को नीति लागू गर्न गठित पार्टी भएको आरोप लगाउँदै जनमोर्चाले सो पार्टीलाई सरकारमा सामेल गर्नुले देशको राष्ट्रियता झन् कमजोर बन्ने विज्ञप्तिमा दाबी गरिएको छ । जनमोर्चाले सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप लगाएको छ ।
यस्तो छ वक्तव्य
प्रधानमन्त्रीले गर्नु भएको मन्त्रिपरिषदको गठन तथा मन्त्रीहरूको कार्य विभाजन गर्दा अपनाएको नीतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो वक्तव्य जारी गरेका छौं ।
१० प्रधानमन्त्रीले विभिन्न दलहरूलाई सरकारमा सामेल गरेर आज गर्नु भएको मन्त्रिपरिषदको गठन र मन्त्रीहरुको कार्य विभाजन गर्दा अपनाएको नीतिमाथि ध्यान दिँदा प्रचण्ड नेतृत्वमा बनेको पहिलेको सरकारलाई हाम्रो पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं।
२० हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामी नीतिका विरुद्ध नै केन्द्रित रहेको थियो।
प्रतिगमनका विरुद्ध गठन भएको पाँच दलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन उन्मुख राजनीतिक दिशाका कारण नै उसँग कुनै पनि स्तरमा तालमेल नगर्ने समेत नीति अपनाएको थियो । एमालेको प्रतिगमनउन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन । एमालेको नीतिमा कुनै परिवर्तन वा सुधार नभई उसँग मिलेर मन्त्रिपरिषदको गठन गर्ने कार्य सही हुन सक्दैन ।
३० प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादको नीति लागू गर्न बनेको र उसैको निर्देशनमा चल्ने संगठनलाई समेत सरकारमा सामेल गर्ने कार्यलाई हाम्रो दलले गम्भीरतापूर्वक लिएको छ। त्यो संगठनको प्रमुख नेता उपर विगतमा विभिन्न मुद्दा चलेका र हाल पनि सहकारी ठगीमा अनुसन्धान तथा मुद्दा चलिरहेको व्यक्तिलाई गृह जस्तो मन्त्रालय दिएर उनका सबै अपराधबाट उन्मुक्ति दिने कार्य हुनेछ।
४० प्रधानमन्त्री प्रचण्डले सुशासनमा आफ्नो जोड रहेको दाबी गर्दै आए पनि दर्जनौं सहकारीका करोडौं रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउँछ ।
५० प्रतिगामीदिशा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौं रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ। त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ ।
६० यो सरकारले आगामी दिनहरूमा अपनाउने नीति र कार्यका आधारमा त्यसप्रति हामीले आफ्नो नीति स्पष्ट गर्दै जानेछौं ।
२०८० फागुन २४ गते ।
चित्रबहादुर केसी
अध्यक्ष
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











