सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री दिनु प्रचण्डको लाचारीपनः राष्ट्रिय जनमोर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै एमालेको नीतिमा अहिले पनि सुधार नभएको जनमोर्चाले ठहर गरेको छ ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकी ‘साम्राज्यवाद’को नीति लागू गर्न गठित पार्टी भएको आरोप लगाउँदै जनमोर्चाले सो पार्टीलाई सरकारमा सामेल गर्नुले देशको राष्ट्रियता झन् कमजोर बन्ने विज्ञप्तिमा दाबी गरिएको छ । जनमोर्चाले सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप लगाएको छ ।
यस्तो छ वक्तव्य
प्रधानमन्त्रीले गर्नु भएको मन्त्रिपरिषदको गठन तथा मन्त्रीहरूको कार्य विभाजन गर्दा अपनाएको नीतिप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएकोले यो वक्तव्य जारी गरेका छौं ।
१० प्रधानमन्त्रीले विभिन्न दलहरूलाई सरकारमा सामेल गरेर आज गर्नु भएको मन्त्रिपरिषदको गठन र मन्त्रीहरुको कार्य विभाजन गर्दा अपनाएको नीतिमाथि ध्यान दिँदा प्रचण्ड नेतृत्वमा बनेको पहिलेको सरकारलाई हाम्रो पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं।
२० हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामी नीतिका विरुद्ध नै केन्द्रित रहेको थियो।
प्रतिगमनका विरुद्ध गठन भएको पाँच दलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन उन्मुख राजनीतिक दिशाका कारण नै उसँग कुनै पनि स्तरमा तालमेल नगर्ने समेत नीति अपनाएको थियो । एमालेको प्रतिगमनउन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन । एमालेको नीतिमा कुनै परिवर्तन वा सुधार नभई उसँग मिलेर मन्त्रिपरिषदको गठन गर्ने कार्य सही हुन सक्दैन ।
३० प्रत्यक्ष रूपले अमेरिकी साम्राज्यवादको नीति लागू गर्न बनेको र उसैको निर्देशनमा चल्ने संगठनलाई समेत सरकारमा सामेल गर्ने कार्यलाई हाम्रो दलले गम्भीरतापूर्वक लिएको छ। त्यो संगठनको प्रमुख नेता उपर विगतमा विभिन्न मुद्दा चलेका र हाल पनि सहकारी ठगीमा अनुसन्धान तथा मुद्दा चलिरहेको व्यक्तिलाई गृह जस्तो मन्त्रालय दिएर उनका सबै अपराधबाट उन्मुक्ति दिने कार्य हुनेछ।
४० प्रधानमन्त्री प्रचण्डले सुशासनमा आफ्नो जोड रहेको दाबी गर्दै आए पनि दर्जनौं सहकारीका करोडौं रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउँछ ।
५० प्रतिगामीदिशा उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौं रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट नै छ। त्यो अवस्थामा वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत स्पष्ट गर्न चाहन्छौँ ।
६० यो सरकारले आगामी दिनहरूमा अपनाउने नीति र कार्यका आधारमा त्यसप्रति हामीले आफ्नो नीति स्पष्ट गर्दै जानेछौं ।
२०८० फागुन २४ गते ।
चित्रबहादुर केसी
अध्यक्ष
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












