‘तालिबवान महिलामाथि प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान’
काबुल । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले तालिबानसँग महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिनुभएको टोलो न्युजले जनाएको छ । उहाँका अनुसार पहिचानको सवाल र अफगानिस्तानमा विशेष दूतको भूमिका एजेन्डामा रहेको छ । अफगानिस्तान अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सकिएपछि पत्रकार सम्मेलनमा ओटुनबायेभाले दोहामा हुने तेस्रो बैठकमा पहिचानको मुद्दा र विशेष दूतको कार्यक्रमलाई निरन्तरता दिने आशा राखेको बताउनुभयो ।
टोलो न्युजका अनुसार सुरक्षा परिषद्का केही सदस्य र अफगानिस्तानमा महिला तथा बालिकाको अधिकार पूर्ण पालनका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले पनि मानवअधिकार समस्याहरूको महत्त्वलाई जोड दिनुभयो । “हाल धेरै महिला सार्वजनिक स्थानहरूमा जान डराउँछन्, म यस अवसरमा वास्तविक अधिकारीहरूसँग यी प्रतिबन्ध फिर्ता लिनका लागि पुनः आग्रह गर्दछु, महिला र बालिकामाथि यी प्रतिबन्ध जति लामो समयसम्म जारी रहन्छ त्यति नै धेरै नोक्सान हुनेछ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार अफगानिस्तानका विषयमा तेस्रो दोहा बैठक यसै वर्षको जुनमा हुनेछ । “हामी भविष्यमा एउटा अर्को दोहा बैठक गर्दैछौँ, मलाई आशा छ पहिचानको मुद्दा र विशेष दूतको भूमिकालाई निरन्तरता दिइनेछ, यो अब एजेन्डामा छ, यो एकतामा कसरी काम गर्ने भन्ने कुरा हो”, ओटुनबायेभाले भन्नुभयो ।
यसैबीच राष्ट्र सङ्घमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानूनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गर्नुभएको छ । “कानूनीरूपमा हिजाब लगाउन आवश्यक नभएका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिइरहेको छ, अमेरिका महिलाहरूलाई समाजमा पूर्णरूपमा सहभागी हुनसक्ने दिनका लागि तयार हुनका लागि अफगान महिलाहरूसँग काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
अफगानिस्तानमा मानवअधिकारसम्बन्धी राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले गत वर्ष डिसेम्बरमा तालिबानसँग गैर–सरकारी सङ्गठनहरूमा महिलाहरूलाई काम गर्न लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको थियो । उहाँले महिला अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेकामा जोड दिनुभएको थियो ।
तालिबानले मिडिया स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ र महिलाहरूलाई पार्क र जिमजस्ता सार्वजनिक स्थानमा जान रोक लगाएको छ । उक्त कदमले कठोर अन्तर्राष्ट्रिय प्रतिक्रिया बढाएको छ । यसबाट अफगानिस्तानको अर्थतन्त्र तहसनहस भएको छ भने मानवीय सङ्कटसमेत बढेको छ । विशेषरूपमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












