वर्ल्ड ह्यापिएस्ट रिर्पोटः भारत-पाकिस्तानभन्दा नेपाल खुसी
लगातार पाचौँ पटक फिनल्याण्ड विश्वको सबैभन्दा खुशी देश
काठमाडाैँ । फिनल्याण्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ ।
वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्याण्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्याण्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो ।
प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरू जस्ता विभिन्न तत्त्वका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ ।
सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्विट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जेम्बर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् । स्विडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ ।
नेपाल सूचीको ८५ औँ स्थानमा छ । नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ । भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन् । नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ ।
सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ । अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन् । सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ ।
त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औ स्थानमा छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












