ध्वनि प्राविधिक कुमार केसी गिनिज बुकमा नाम लेखाउन सफल
काठमाडौं । निरन्तर रेकर्डिङ तथा ध्वनि मिश्रण गर्दै आएका ध्वनि प्राविधिक कुमार केसी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । प्रत्यक्ष वाद्यवादनसहितको गायनको लाइभ रेकर्डिङ तथा म्युजिक भिडियो छायांकन पहिलोपटक उच्च स्थानमा गरेपछि केसीसहितको समूह गिनिज बुकमा नाम लेखाउन सफल भएको हो ।
दुई वर्षअगाडि सन् २०२२ अप्रिलमा मनाङको तिलिचो तालभन्दा अझै उच्च स्थान ५१०५ मिटर (१६,७४८फिट ८ दशमलव २ इन्च) मा गई प्रत्यक्ष बाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको थियो । जसको प्रत्यक्ष रेकर्डिङ केसीले गरेका थिए । ‘तिलिचो ताल’ बोलको गीतबाट उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् । जसका विश्व किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, संगीतकार सन्तोष श्रेष्ठ र गायक सागर शरद अधिकारी हुन् ।
विगत डेढ दशकदेखि निरन्तर सांगीतिक क्षेत्रमा कार्यरत केसी एक परिचित नाम हो । ललितपुरको गोदावरी- १० निवासी उनी आफैं स्टुडियो फिल्डका सञ्चालक पनि हुन् ।
गायन समूहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै धन्यवाद दिएका छन् । गीतसंगीत मार्फत नेपाललाई चिनाउन मिहिनेत गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिँदै आगामी दिनमा पनि यस्तै कार्यमा अघि बढ्न हौसला दिएका थिए ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशीमा बाढी: सम्भावित कारणबारे चिनियाँपक्ष नै अनविज्ञ
काठमाडौं । रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढीको सम्भावित कारणबारे चिनियाँ पक्षले समेत अहिलेसम्म यकिन जानकारी पाउन सकेको छैन। चीनको छेन्दुमा...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












