शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदैअवार्ड जितेको हो । उक्त अवार्ड बैंककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी हुन् ।
यस अघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । यो उपाधि जित्नुमा बैंकका सञ्चालक समिति,शेयरधनी,कर्मचारी,बैंकका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका रहेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले बताए । ‘यो उपाधि जित्नुमा बैंकका सरोकारवाला सबैको रचनात्मक साथ छ,यसले बैंकलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’–पौडेलले भने ।
शाइन रेसुंगा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ। बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा छन् ।
अन्य विधातर्फ बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले, बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले, बेष्ट फाइनान्स कम्पनी अफ दि इयर अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेडले, बेष्ट कमर्शियल बैंक सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अवार्ड कृषि विकास बैंकले जितेको छ ।
यसैगरी बेष्ट कमर्शियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अवार्ड एनएमबि बैंक, बेष्ट म्यानेज्ड कमर्शियल बैंक अफ दि इयर अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, प्रिमियर होटल अफ दि इयर अवार्ड सोल्टी होटल लिमिटेड र ‘आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर अवार्ड हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी ह्याम्स र बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर अवार्ड नेशनल हेल्थकेयर प्रालिले पाएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












