सहकारी ठगीमा रवि लामिछानेको नाममा उजुरी आएपनि तथ्य–प्रमाण भेटिएनः आईजीपी कुँवर
काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले पोखरामा भएको सहकारी ठगीका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध ठाडो उजुरी आएको भएपनि कुनै तथ्य र प्रमाण नभेटिएको बताएका छन् ।
बुधवार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ठाडो उजुरीमा नाम रहेकाहरू कानूनी दायरामा पर्ने अवस्था नरहेको स्पष्ट पारे । आईजीपी कुँवरले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सञ्चालक गीतेन्द्र (जीबी) राई नै मुख्य दोषी रहेको बताए ।
‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने, ‘जीबी राईका कारण नै मुख्य समस्या आएको हो ।’
आईजीपी कुँवरले राई मलेसिया रहेको जानकारी आफूहरूले पाएको पनि खुलासा गरे । तर सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य नभएको उनको भनाइ छ ।
‘नेपालको मलेसियासँग सुपुर्दगी सन्धि भएको छैन । यसर्थ मलेसिया सरकार उनलाई यहाँ पठाउन बाध्य छैन,’ उनले भने, ‘हामी रेड कर्नर नोटिसमार्फत् इन्टरपोललाई आग्रह गरेका छौं । अहिलेसम्म उसले सहयोग गरेको छैन ।’
अर्को प्रशंगमा आईजीपी कुँवरले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई कुनै दबाबको प्रभावमा नछाडी स्वास्थ्य जटिलताले छाडेको दाबी गरे ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












