प्राज्ञ तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन
विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो । उनका छोरा शरदराज सुवेदीका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
नेपाली भाषा र साहित्यमा योगदान दिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय थिए । कर्मशील ब्यक्तित्व रूपमा परिचित उनले खोज तथा अनुसन्धानमुलक दर्जनौं ऐतिहासिक पुस्तक लेखेका छन् । विराटनगरको इतिहास उधिनेर पुस्तकको रुप दिएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे ।
भाइ दिनेशराज सुवेदीका अनुसार नगरपञ्चायतमा बहिदार पदबाट उनको जागिरे जीवन सुरु भएको थियो । पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर निवृत्त भए । विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ केही वर्ष पढाए ।
पछि पूर्वाञ्चल विश्वविद्यालयमा सूचना अधिकृतको रूपमा १२ वर्षसम्म काम गरे । सुवेदीका मौलिक कृति एक दजर्न, सम्पादित कृति १५०, उनकै विशिष्ट सम्पादनमा बरगाछी भन्ने पुस्तक प्रकाशन भयो । त्यो प्रतिबन्धित समय थियो । वीपी कोइरालाको सानिध्यमा रहेर उनले बरगाछी प्रकशन गरेका थिए ।
सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ । विभिन्न लेखकहरूको दुई सय किताबमा उनले भूमिका लेखेका छन् । उनी डेढ सय संस्थामा आजीवन सदस्य थिए । मोरङमा साहित्यको उत्पति र विकास पछिल्लो पटक प्रकाशन भएको उनको कृति हो ।
भाइ दिनेशराजले भने,आफ्नो सम्पूर्ण जीवन नेपाली साहित्य र सामाजिक कार्यमा समर्पण गर्नु भएका दाजुले अन्य साहित्यकारहरूको संस्मरण समेटिएका दर्जनौं पुस्तक प्रकाशन गर्नु भएको छ । उहाँ साहित्यमा मोफसलकै खम्बा हुनुहुन्थ्यो ।” सुवेदीले जीवनकालमै आफ्नो नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार स्थापना गराइ हरेक वर्ष वितरण गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












