आईपीएलमा कोलकाता पहिलो पटक पराजित, चेन्नईले हरायो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्स पराजित भएको छ । यो उसको पहिलो हार हो । सोमबार राति भएको खेलमा चेन्नाई सुपर किङ्ससँग कोलकाता ७ विकेटले पराजित भयो । लगातार तीन खेल शानदार ढंगले जितेको कोलकाता साविक विजेता चेन्नईसँग पराजित भएको हो । टस जितेर सुरुमा फिल्ड रोजेको चेन्नाईले कोलकातालाई १३७ रनमा समेटेको थियो । पूरै २० ओभर खेलेको कोलकाताले ९ विकेटको क्षतिमा १३७८ रन मात्र बनाएपछि चेन्नईले सहज जित दर्ता गरेको हो ।
सुरुमा ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए । अघिल्लो खेलमा शानदार प्रदर्शन गरेका सुनिल नारायण २७ रनमा समेटिए भने अङ्कृष्ण रघुवंशीले २४ रन जोडे । रमनदीप सिंह १३, आन्द्रे रसेल १० रनमा समेटिँदा रिंकु सिंहले ९ रन मात्र जोडे । कोलकातालाई सस्तैमा समेट्न चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए । मुस्ताफिर रहमानले २ विकेट लिँदा महेश थेक्षानाले १ विकेट हात पारे ।
१३८ रनको लक्ष्य पछ्याएको चेन्नईको जितका लागि कप्तान रुतुराज गायकवाडले ५८ बलको सामना गर्दै ९ चौकाको मद्दतमा नटआउट सर्वाधिक ६७ रन बनाए । उनको शानदार अर्धशतकमा चेन्नईले कोलकातामाथि १४ बल बाँकी हुँदै ३ विकेटको क्षतिमा १४१ रन बनाएर शानदार जित निकालेको हो । चेन्नईका लागि शिवम दुबेले २८ रन बनाउँदा डेरिल मिचेलले २५ रन जोडे । रचिन रविन्द्रले १५ रन जोड्दा महेन्द्रसिंह ध्वनीले नटआउट ३ बल खेलेर १ रनमा रोकिए ।
कोलकाताका लागि वैभव अरोराले २ र सुनिल नारायणले १ विकेट लिए । यो जितसँगै चेन्नई पाँच खेलमा तीन जितसहित ६ अंकका साथ तालिकाको चौथो स्थानमा छ । पहिलो हार खाएको कोलकाता चार खेलमा तीन जित निकाल्दै तालिकाको दोस्रो स्थानमा छ । आईपिएल अन्तर्गत मंगलबार साँझ पञ्जाब किंग्स र सनराइजर्स हैदरावादको प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












