मुम्बई र चेन्नईबीचको खेलमा रोहितले बनाए शतक, चेन्नईको जित
काठमाडौं । इन्डियन प्रियमर लिग (आईपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि २० रनको जित निकालेको छ। गएराति भएको खेलमा ब्याटिङको निम्तो दिएको मुम्बईले २०७ रनको लक्ष्य पाएको थियो। चेन्नईका लागि अन्तिम ओभरमा चार बल खेल्दै महेन्द्रसिंह ध्वनीले हार्दिक पाण्डेयको बलमा लगातार तीन छक्कासहित २० रन जोडेपछि ४ विकेटको क्षतिमा चेन्नईले २०६ रनको विशाल योगफल बनाएको थियो। २०७ रनको लक्ष्य पछ्याउनेक्रममा रोहित शर्माले शतकीय इनिङ खेले पनि मुम्बई ६ विकेटको क्षतिमा १८६ रनमा समेटिएको हो।
तीन ओभर बलिङ गरेका मुम्बईका कप्तान पाण्डेयले २ विकेट लिएर ४३ रन खर्चिए। मुम्बईका लागि हार्दिकले बलिङ गरेको अन्तिम ओभरको चार बल घातक भयो। अन्तिम ओभरमा १ विकेट लिए पनि उनले ध्वनीलाई तीन बलमा लगातार छक्का दिए। हार्दिकको बलिङमा मात्र चार बल खेलेका ध्वनीले २० रन बनाएका थिए। हार्दिकले उनले ब्याटिङतर्फ ६ बल खेल्दै २ रनमात्र जोडे।
सुरुमा ब्याटिङ गरेको चेन्नईका लागि कप्तान रुतुराज गायकवाड र शिवम दुबेले अर्धशतकीय इनिङ खेले। कप्तान रुतुराजले ४० बलमा ६९ रन बनाउँदा दुबेले नटआउट ३८ बलमा ६६ रन बनाए। ध्वनीले नटआउट ४ बलमा २० रन बनाउँदा रचिन रविन्द्र २१, डेरिल मिचेल १७ रन बनाए। ओपनर अजिंक्य रहाणे ५ रनमा आउट भएका थिए।
मुम्बईका लागि हार्दिक पाण्डेयले दुई विकेट लिँदा श्रेयस गोपाल र जिराल्ड कोटेजले एकएक विकेट हात पारे। २०७ रनको चुनौती पछ्याउनेक्रममा मुम्बईका लागि ओपनर रोहित शर्माले नटआउट ६३ बलमा ५ छक्का र ११ चौकाको मद्दतमा १०५ को शतकीय इनिङ प्रहार गरे। उसका लागि दिलक बर्मा ३१ र इशन किसनले २३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
मुम्बईलाई सस्तैमा समेट्न चेन्नईका माथीशा पाथिरानाले एक्लै चार विकेट लिए। उनले मात्र २८ रन खर्चिएर चार विकेट हात पारेका हुन्। उसका लागि तुषार देशपाण्डे र मुस्ताफिर रहमानले एकएक विकेट हात पारे। यो हारसँगै मुम्बई ६ खेलमा दुई जित, चार हार व्यहोर्दै आठौं स्थानमा समेटिएको छ।
चेन्नई भने ८ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानको कलकत्ता किंग्स राइजर्ससँग समान अंक भए पनि रनरेटको आधारमा चेन्नाई तेस्रो स्थानमा पुगेको हो। आईपिएल अन्तर्गत सोमबार एक खेल हुँदैछ। साँझ ७स्४५ मा सुरु हुने खेलमा आरसिबी र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












