मिडियाकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड
काठमाडौं । मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।
अमेरिकाको लसएन्जल्समा आयोजित १८औं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपबीच बस्नेतलाई अमेरिकास्थित युवा युनेस्को क्लव, अमेरिकन युनिभर्सिटी अफ सोभर नेशन्स, युबिओस एथिक्स इन्स्टिच्युट (न्युजिल्याण्ड र जापान), फिलिपिन्स एसोसियसन अफ एक्सटेन्सन प्रोग्राम इम्पिमेन्टर्सलगायतले संयुक्त रूपमा सन् २०२४-२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको हो ।
‘मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको मूल्यांकन गर्दै अन्तर्राष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं’, अमेरिकी युनिभर्सिटी सोभर नेशन्स यूएसएका प्रेसिडेन्ट प्रा.डा. ड्यालरले भने, ‘आगामी दिनमा उनले अझै युवा र शान्तिका लागि योगदान गर्ने विश्वास लिएका छौं ।’
सन् २०११ बाट विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पु¥याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड दिँदै आएको छ । हालसम्म ६५ देशका व्यक्तिहरूले यो उपाधि पाइसकेका छन् ।
‘यो अवार्डसँगै अब उहाँहरूले अन्तर्राष्ट्रिय फोरमहरू पाउनुहुनेछ’, युथ युनेस्को क्लब यूएसएका प्रेसिडेन्ट रिमेश खनालले भने, ‘संसारभरबाट विभिन्न विधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौंबाट उहाँलाई यसका लागि योग्य ठहर्याइ एम्बेसडर प्रदान गरेका हौं ।’
‘मिडियामा युवा र शान्ति’ विधाबाट बस्नेतलाई छनोट गरिएको उनले बताए । रिपोर्टर हुँदै मिडिया म्यानेजर बनेका बस्नेत विगत १७ वर्षदेखि मिडियामा आवद्ध छन् । हाल उनी कान्तिपुर मिडिया ग्रुपको बिक्री वितरण, प्रेस तथा रिजनल विभागको प्रमुख छन् ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











