भारतीय मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
काठमाडाैं । गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरूबाट वीर्य (सिमेन) सङ्कलन सुरु भएको छ ।
नेपाली भैँसीको नस्ल सुधारका लागि ल्याइएका मुर्राहरू यहाँको भूगोलमा अनुकूलन गर्दै हुर्किएका हुन् ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा ल्याइएका सात राँगामध्ये तीन वटाबाट सिमेन सङ्कलन सुरु भइसकेको छ । बाँकी चार वटा राँगासमेत सिमेन सङ्कलनअघि आवश्यक पर्ने तालिममा रहेको कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिए । “भारतबाट ल्याइएका सबै मुर्राको अवस्था राम्रो छ । तीन वटाबाट सिमेन जम्मा गर्न थालिसकेका छौँ, चार वटा तालिममा छन्,” उन भने, “तालिममा रहेकाहरूबाट पनि वैशाख पहिलो वा दोस्रो साताबाट सिमेन सङ्कलन सुरु हुने अपेक्षा छ । चाँडैमा जेठ पहिलो साता र ढिलोमा साउनबाट सिमेन वितरण थाल्छौँ ।”
पोखरामा एक हजार डोजभन्दा बढी सिमेन सङ्कलन भइसकेको छ । सङ्कलन गरिएको सिमेन माइनस एक सय ९६ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राख्नुपर्छ । देशैभरिका भेटेरिनरी कार्यालयमार्फत भैँसीको नस्ल सुधारका लागि मुर्राको सिमेन वितरण गर्ने तयारी छ ।
भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये तीन वटा लहान र पाँच नेपालगन्जमा छन् । राष्ट्रिय पशु प्रजनन केन्द्र नेपालगन्जमा रहेका दुई मुर्राबाट सिमेन सङ्कलन सुरु भइसकेको छ भने बाँकी अर्को तालिममा छन् । केन्द्र प्रमुख डा खगेन्द्रराज सापकोटाले चैतबाट सिमेन जम्मा गर्न थालिएको जनाउँदै पाँच सय डोज जम्मा भइसकेको जानकारी दिए । राष्ट्रिय पशु प्रजनन केन्द्र लहानमा रहेका तीन वटै राँगा अहिले तालिममा छन् ।
पोखरामा हप्तामा दुई पटक सोमबार र बिहीबार सिमेन जम्मा गर्ने गरिएको छ । यहाँ अहिले भारतबाट ल्याइएका सातसहित १८ मुर्रा राँगाबाट सिमेन सङ्कलन भइरहेको राँगा साँढे व्यवस्थापन साखाका पशु प्राविधिक भोजबहादुर थापाले बताए ।
सामान्यतया अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्ने पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा पाण्डे बताए । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज सिमेन उत्पादन हुन्छ । यी राँगाको सिमेनबाट कृत्रिम गर्भाधान र प्राकृतिक तवरले पनि नस्ल सुधार गरी दूध उत्पादन बढाउने योजना छ ।
मुर्रा धेरै दूध दिने जातको भैँसी हो । नेपाली रैथाने भैँसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारी दूध दिन्छन् । मुर्रा भैँसीले भने एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिने कार्यालय प्रमुख डा पाण्डे बताउछन । “एकातिर नस्ल सुधार भई अर्को पुस्ताबाट दूध धेरै आउँछ भने तौलसमेत धेरै हुने हुँदा मासुकै लागि पनि फाइदा हुन्छ,” उन भने ।
नेपालमा कुल दश लाख डोज सिमेन उत्पादन हुने जानकारहरू बताउँछन् । तर, कृत्रिम गर्भाधान भने करिब आठ लाख पशुमा मात्र हुने गरेको तथ्याङ्क छ । एक वर्षमा पोखरामा छ लाख, महेन्द्रनगरमा तीन लाख र लहानमा ५० हजार डोज सिमेन सङ्कलन हुने गरेको छ ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











