महेश बस्नेतविरुद्ध दिइएको उजुरीमा प्रमाण नपुगेको प्रहरीको राय
काठमाडौं । नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको उजुरीमा प्रमाण अपुग भएको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले प्रमाण पुगेका समय मात्रै कार्यान्वयन गर्ने गरी सरकारी वकिल कार्यालयलाई राय पठाएको बुझिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ स्रोतले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार प्रहरी परिसर काठमाडौँले उजुरीमाथि अनुसन्धान गरी तत्काललाई तामेलीमा राख्न सिफारिस गरेको छ।
काठमाडौँ प्रहरी परिसरमा हुलाक मार्फत पूर्वमन्त्री बस्नेत विरुद्ध फौजदारी कसुरमा उजुरी परेको थियो। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनीविरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान गरी केही दिनअघि सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पठाएको थियो।
यसअघि जाहेरवालाले प्रहरीमा आफुहरुलाइ बद्नाम गर्न खोजेको भन्दै उजुरी दिएकी थिइन्। पछि आफू महेश बस्नेतकै कारणले पीडित भएको भन्दै आएको उजुरीमा तालमेल नमिलेको तथा उनले दाबी गरेका आधार तथ्यमा आधारित नभएको, प्रमाणहरू अपुग भएको, प्रमाणित नभएको देखाउँदै प्रहरीले तामेलीमा राख्न सिफारिस गरेको स्रोतको दाबी छ। साथै भ्रूण हत्याका सम्बन्धमा पूर्वमन्त्री बस्नेतले २०७२ सालमै परिवार नियोजन गरेको पाइएकाले पनि त्यसको दाबी नपुग्ने बुझिएको छ। पूर्वमन्त्री बस्नेतमाथि एक महिलाले १५ दिनको भ्रूण हत्या गराएको आरोप लगाउँदै उजुरी गरेकी थिइन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












