‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा प्रतियोगिता हुनेछ ।७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरि कूल ४० गल्फरहरूबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगिताको कूल पुरस्कार राशी ७ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ। विजेताले १ लाख २० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८२ हजार र ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै, चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार रुपैयाँ पाउनेछन्। चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन।
टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन। एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन। पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रतियोगिताबाट राम्रो स्कोर निस्किने अपेक्षा रहेको
बताएका छन्।
Comments
अरु समाचार
-
झापा कप उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटीको भिडन्त
झापा, ८ पुसः झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम ९एनआरटी० र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा...
-
आजको राशिफलः ०८१ साल पुस ८ गते सोमवार
मेष व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी...
-
बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९ औं...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...
-
रास्वपा सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस
काठमाडौं । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...