आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको छ। पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थान सात विकेटको क्षतिमा २०० रनमा समेटिएको हो।
१५ बलमा २७ रन बनाएर खेलिरहेका राजस्थानका रोभम्यान पावेललाई अन्तिम ओभरको अन्तिम बलमा हैदरावादका भुवनेश्वर कुमारले एलबिडब्लु धरापमा पारेपछि राजस्थान १ रनले पराजित भएको हो।
शीर्ष स्थानको राजस्थानमाथि सनसनीपूर्ण जित निकालेको हैदरावादका लागि ४१ रन खर्चिएर भुवनेश्वर कुमारले तीन विकेट हात पारे। यो जितसँगै हैदरावाद १२ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ। राजस्थान भने १६ अंकसहित शीर्ष स्थानमा कायमै छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको हैदरावादका लागि ट्रेभिस हेड र नितिश कुमार रेड्डीले अर्धशतकीय इनिङ खेले। नितिशले नटआउट ४२ बलमा ७६ रन बनाउँदा हेडले ४४ बलमा ५८ रन जोडेका थिए। उसका लागि हेनरिक क्लासेन ४२ रनमा नटआउट रहे। अभिषेक शर्मा १२ रनमा आउट हुँदा अनमोलप्रीत सिंहले ५ रन जोडे। हैदरावादले मात्र तीन विकेटको क्षतिमा २०१ रन बनाएको थियो।
हैदरावादलाई सस्तैमा समेट्न राजस्थानले कसिलो बलिङ गरेको थियो। आवेश खानले दुई विकेट हात पार्दा सन्दीप शर्माले एक विकेट लिए। हैदरावादले दिएको २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले सुरुमा दुई विकेट शून्य रनमै गुमाएको थियो। जोस बटलर पहिलो बलमै आउट भएका थिए भने सञ्जु श्यामसन ३ बल खेलेर बिना रन पेभिलियन फर्किएका थिए।
राजस्थानका लागि यशस्वी जैसवाल र रियान परागले सम्हालिएर प्रदर्शन गरे। दुवै ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेले। जैसवालले ४० बलमा ६७ रन बनाए भने परागले ४९ बलमा ७७ रन जोडे। रोभम्यान पावेल २७, सिमरोन हेटमायरले १३ रन बनाउँदा रविचन्द्रन आश्विन २ रनमा नटआउट रहे।
राजस्थानमाथि महत्त्वपूर्ण जित निकाल्न हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट हात पारे भने प्याट कमिन्स र
टि नटराजनले दुईदुई विकेट हात पारे। आईपिएल अन्तर्गत शुक्रबार मुम्बई इन्डियन्स र कलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












