वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न
काठमाडौं । अवैध सिकार तथा वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी शुक्रबार यहाँ सम्पन्न भएको छ ।
यहाँस्थित फ्रान्सेली राजदूतावास र फ्रान्सेली अन्तर्राष्ट्रिय सुरक्षा सहयोग निर्देशनालयको आयोजनामा भएको गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन तथा वातावरण मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयलगायत वन्यजन्तु संरक्षण ता बेचविखनविद्धकोक अभियानमा संलग्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।
अष्ट्रेलिया, बङ्गलादेश, भुटान, कम्बोडिया, भारत, इण्डोनेसिया, माल्दिभ्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, संयुक्त राज्य अमेरिका, फ्रान्सको वातावरणीय र जनस्वास्थ्य अपराध समन्वय केन्द्रीय कार्यालय र फ्रान्सेली भन्सारका प्रतिनिधिको उपस्थितिमा भएको गोष्ठीमा यहाँस्थित फ्रान्सको दूतावासका कार्यवाहक राजदूत लीला देवरादजालोले गोष्ठीको औचित्यबारे चर्चा गर्दै यसमा १३ देशको सहभागिताले यसको आवश्यकता र महत्वलाई दर्शाका बताए । उनले वन्यजन्तुमाथिको आक्रमणको भयावह हुने चेतावनी दिनुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण निर्देशनालयका प्रमुख सञ्जय देउजाले राष्ट्रिय निकुञ्जमा सिकारी नियन्त्रणमा नेपाली सेनाको प्रयासबारे जानकारी दिँदै “नेपाली सेना हाम्रो राष्ट्रको समृद्ध जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षणमा आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रा समर्पित कर्मचारीहरू लोपोन्मुख प्रजातिहरूको संरक्षण, सिकार र वन्यजन्तुको अवैध ओसारपसारबाट जोगाउन अथक प्रयास गरिरहेका छन्,” उनले भने ।
दूतावासका प्रहरी सहचारी फाब्रिस कोटेलले वन्यजन्तु संरक्षण तथा अवैध सिकार एवं ओसापसारविरुद्ध दुई वर्षदेखिको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै कार्यशाला समापन गरेका थिए ।
वन्यजन्तुको चोरी सिकारी तथा वनको वातावरण विनाश गर्नेविरुद्ध प्रभावकारी रूपमा लड्न फ्रान्सेली मन्त्रालयको लागि युरोप र विदेश मामिलाको सुरक्षा सहयोग निर्देशनालयले आर्थिक सहयोग गर्दै आएको छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












