लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै
काठमाडौं । लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो ।
रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पुयाएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिए । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदनसमेत महानगरलाई बुझाउनु पर्नेछ”, उनले भने, “तोकिएको समयअगावै काम सम्पन्न गरेर महानगरलाई बुझाउने तयारी गरिरहेका छौँ ।”
पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।
नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पुनःनिर्माण गर्न ठूलो सङ्घर्ष गर्नुपरेको स्थानीय पूर्ण स्थापितले बताए । “वर्षौँसम्म छलफल र दबाब दिएपछि पोखरीलाई फिर्ता ल्याएका हौँ”, उनले भने, “सप्तपातल जोगाउन १५ वर्ष कानुनी लडाइँ लड्नु पर्यो । यहाँ पहिलाकै जस्तो पोखरी बनाउने योजना अनुसार महानगरले पहल थालेको छ ।”
पाटन सहरलाई पुनर्जीवन दिन सो पोखरी सहायकसिद्ध हुने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए। “यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुङ्गेधारामा बाह्रै महिना पानी झर्ने विश्वास छ । यस पोखरीमा पानी भर्न यहाँभन्दा १४ किलोमिटरमाथि टीकाभैरवबाट राजकुलो हुँदै पानी ल्याउने अभियान छ”, उनले भने, “सातदोबाटो चक्रपथ निर्माण हुँदा राजकुलो पुरिएपछि यहाँ पोखरी मासियो । सप्तपाताल पोखरी पनि सुकेपछि अतिक्रमण बढेको थियो । अब यसलाई जीवन्त बनाउने योजनामा लागेका छौँ ।”
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












