युथ रेडक्रस पब्लिक युथ क्याम्पसको आयोजनामा क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं । युथ रेडक्रस पब्लिक युथ क्याम्पस र पब्लिक युथ क्याम्पस कर्मचारी संघको संयुक्त आयोजनामा पब्लिक युथ क्याम्पस परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको विशेष अवसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको युथ रेडक्रस सर्कल पब्लिक युथ क्याम्पस सचिव सरस्वती पनेरुले बताएकी छन् । उनका अनुसार रेडक्रसको समिति क्याम्पसमा गठन भएदेखी नै नियमित रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर गतिविधिलाई प्रभावकारी बनाउँदै लगिएको छ ।

पनेरुका अनुसार युथ रेडसर्कल पब्लिक युथले विभिन्न समयमा रक्तदान ,डेङ्गु नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम,अग्नि नियन्त्रण लगायत विभिन्न समयमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।रेडक्रसले समय–समयमा हेल्थ डेस्क सञ्चालन गर्ने, प्रत्येक विद्यार्थीको परिचय पत्रमा ब्लड ग्रुप अनिवार्य गर्ने,क्यम्पसमा प्राथमिक उपचार कक्ष स्थापना र प्रभाकारी सञ्चालन गर्ने योजना रहेको रहेको समेत उनले बताईन ।

सामाजिक सेवाको महान भावनाका साथ स्थापना भएको रेडक्रस विश्वकै सबैभन्दा ठूलो मानविय संस्था हो । नेपालमा रेडक्रस सोसाईटिको स्थापना वि.सं २०२० भाद्र २१ गते भएको थियो । हालसम्म नेपालमा यसका ७७ बटै जिल्लामा जिल्ला शाखा कार्यालयहरु देशको मा रहेको छन्, भने जिल्ला शाखाहरूले १,५०८ भन्दा बढी उप–शाखाहरू र ५,४१० जुनियर तथा ८६५ युवा रेडक्रस सर्कलहरू स्थापना भएर नियमित रुपमा सेवा प्रवाह गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











