माईक्रोबस दुर्घटना हुँदा सात जना घाइते
काठमाडौं । चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन्।
घाइते हुनेमा भरतपुर–९ का ४२ बर्षिय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन्। भट्टराईकी श्रीमती निर्मला भट्टराई, १० बर्षिया एलिजा भट्टराई, ८ बर्षिया छोरी यनुषा भट्टराई र ४ बर्षिया छोरा अनुज भट्टराई रहेका छन्। उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ।
यस्तै घाइते हुनेमा खैरहनी नगरपालिका–८ का ५० बर्षिय रामप्रसाद चापागाई, भरतपुर महानगरपालिका–४का २१ बर्षिय नवीन भट्टराई रहेका छन्। प्रहरीका अनुसार घाइतेहरुको उपचार भइरहेको छ, भने माईक्रोबस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानगरिरहेको प्रहरीले बताएको छ।
Comments
अरु समाचार
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...
-
नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।...
-
हुलाक कार्यालय दिक्तेलका प्रमुख आचार्य र छोराको हत्या
काठमाडौं । जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको भक्तपुरमा हत्या भएको छ ।...
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...