गँड्यौलाबाट घरमै कम्पोष्ट मल उत्पादन
काठमाडौं । रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौलाबाट घरमै कम्पोष्ट मल उत्पादन सुरु गरिएको छ ।
पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्नका लागि धुर्कोट आर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको हो ।
गँड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुनेछ । पछिल्लो समय केही किसानले धान, गहुँ, मकै र तरकारी खेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढ्दो रहेको धुर्कोट गाउँपालिका ५ का स्थानीय ढुण्डीराज भण्डारीको भनाई छ ।
स्वच्छ कृषि खेतीका लागि गड्यौला मल उत्तम हुने भएकाले गुल्मीमा मल उत्पादन गर्न थालिएको छ । गड्यौला मलको प्रयोग गरी लगाइएको अन्नबालीले खाद्य तथा पोषणमा समेत टेवा पुग्ने उदेशयले मल उत्पादन गन सुरु गरिएको हो । यस मलको प्रयोगले बोट बिरुवा तथा अन्नबाली राम्रो हुने र उत्पादनमा समेत वृद्धि हुने धुर्कोट गाउँपालिका ५ का स्थानीय खिमानन्द भण्डारीले बताए ।
गाउँमै मल उत्पादन फर्म खुलेपछि रासायनिक मलमा भएको निर्भरता पनि हट्दै जाने कार्यालयले विश्वास लिएको छ । हाल २६ क्विन्टल मल बिक्री गरेको र आठ क्विन्टल मल उत्पादन गरेर तयारी अवस्थामा रहेको फर्म सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । मल प्रति केजी ३० रुपियाँको दरले बिक्री वितरण हुँदै आएको छ । हाल चार केजीको बोरामा मल प्याकिङ गरिएको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले यस वर्ष माटो व्यवस्थापन कार्यक्रम मार्फत पाँच लाख पाँच हजार ९४३ रुपियाँ सहयोग गरेको बताए । पहिले माटो परीक्षण गरी फर्मलाई सहयोग गरिएको हो । यसका साथै फर्मबाट उत्पादित मलको ल्याब परीक्षण गरेर मात्र प्रयोगमा ल्याएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












