पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन अवरोध भएको छ । आइतबार राति परेको अविरल वर्षाले कर्णाली राजमार्गको टाकुल्ला, बिर्तामोड, हुल्म र गगनेखोलामा पहिरो गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिएका छन्।
पहिरो गएको थाहा पाउने वित्तिकै पहिरो पन्छाउनको लागि डोजर, स्काभेटरहरू परिचालन गरिसकिएको छ, डिएसपी केसीले भने,‘पानी परेन भने राजमार्ग दुईचार घण्टामै खुल्न सक्छ। पानी परेर पहिरो थपियो भने नखुल्न पनि सक्छ। राजमार्गका विभिन्न खण्डमा पहिरो गएकोले यात्रा गर्दा सडकको बारेमा बुझेर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले सूचित गरेको छ।
सुर्खेत नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने र जुम्ला, कालिकोटदेखि सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन बिहानैदेखि रोकिएका छन्। लेदोसहितको पहिरो झरेकोले पन्छाउन कठिन भइरहेको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोट खण्डको गगनेखोला, एसमोड, बिर्तामोड, झाम्ला मोड, मोल्फालगायतका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गाहरू झरेर सडक अवरुद्ध भएको हो।
सडक खुलाउन डिभिजन सडक कार्यालयमा भएका सबै उपकरण र मानवीय शक्ति खटिएका छन्। यसअघि पनि सडकमा पहिरो खस्दा झण्डै चार दिन सवारीसाधन रोकिएका थिए। तत्काल सडक खुलाएर सवारी आवागमन सञ्चालनमा ल्याउन यात्रुहरूले माग गरेका छन्। साँघुरो सडकमा पहिरो आएर झनै साँघुरो हुने भएकोले जोखिम पनि निकै बढेको यात्रुहरूले बताएका छन्।
Comments
अरु समाचार
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...












