झिनो अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब नजिक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो । आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको छ ।
आज नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको छ । आज ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी शेयर मूल्य समूहमा उत्पादन समूह परेको छ ।
उत्पादन समूह आज एकै दिन १६०.०७ अंकले बढेर ७५४२.५८ विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी विकास बैंक समूहको शेयर मूल्य घटेको छ । विकास बैंक समूह आज एकै दिन ३१.५८ अंकले घटेर ४९४५.२८ विन्दु कायम भएको छ । सबैभन्दा कम इन्भेष्टमेन्ट समूह घटेको छ । उक्त समूह ०.४२ अंकले घटेर ९०.१७ विन्दुमा कायम भएको छ । सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज १३ अर्ब ९१ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक किनबेच भएको छ । आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर करिब १० प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











