कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।
नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।
यही साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो । नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित हुनुभएको थियो ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । सो...
-
सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ। सांसद...
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
काठमाडौं । यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौंवासीका घरघरमा वितरण हुने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।...
-
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो वर्षा
काठमाण्डौ । नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै नवलपरासी पूर्वमा...
-
लार्चामा ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प !
काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका...
-
सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडाैं । सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्धको उजुरी आह्वान गरिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
माधव नेपाललाई नैतिक संकटः अध्यक्ष र दलको नेतामा कहिलेसम्म रहने ?
काठमाडाैं । मान सम्मानको विषयलाई लिएर अत्यन्तै संवेदनशील बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल राजनीतिक जीवनकै...