एक वर्षमा १७ किलोमिटर सडक कालोपत्र
काठमाडौं । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव सात किमी कालोपत्र गरिएको जनाएको छ । कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९-८० मा ३७ दशमलव तीन किमी सडक कालोपत्र भएको थियो । गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उनले जानकारी दिए।
उनका अनुसार ४६ किमी ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५ दशमलव दुई, २० किमी चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किमी नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किमी नाला निर्माण भएको छ । गत आवमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, चारवटा सडक पुल निर्माण तथा चारवटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए। उनका अनुसार अघिल्लो आवमा २७.४ किमी कच्ची सडक, ८८.२५ किमी ग्राभेल, ३७.३ किमी कालोपत्र, ८९.२ किमी चौडाइ विस्तार र ११२.२५ किमी नाली निर्माण गरिएको थियो ।
कार्यालयले गत आवमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले जानकारी दिए । तीमध्ये दश सडक र चारवटा पुलको योजना रहेका थिए । त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन् । आचार्यले आर्थिक वर्ष २०७९-८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएका बताए । सडकतर्फ ३१, सडकपुलतर्फबाट आठ योजना सम्पन्न हुन बाँकी रहेको उनले जानकारी दिए।
सो अवधिमा सडकतर्फ रु एक अर्ब २५ करोड २९ लाख ८८ हजार बजेट रहेकामा रु एक अर्ब सात करोड पाँच लाख ९० हजार बजेट खर्च भएको छ । सडक पुलतर्फ २१ करोड ४२ लाख ७४ हजार बजेट रहेकामा १९ करोड ५७ लाख चार हजार बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
सहरी विकास तथा भवनतर्फ रु ४० लाख तीन हजार बजेट रहेकामा रु ३० लाख तीन हजार, पुँजीगत अनुसन्धान तथा परामर्शमा रु एक करोड १५ लाख ६० हजार बजेट रहेकामा रु ६० लाख १२ हजार, जनता आवास कार्यक्रममा रु दश लाख बजेट रहेकामा रु ६६ हजार मात्रै बजेट खर्च भएको छ ।
विभिन्न सडक स्तरोन्नति
पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा ३२ लाख छ हजार, ल्होचाडाँडा कृषि पर्यटन सडकमा दुई करोड ७५ लाख ४६ हजार, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा एक करोड दुई लाख ९६ हजार, छाङ थर्पु मोटरमार्ग स्तरोन्नतिका लागि रु ५३ लाख ७६ हजार खर्च भएको जानकारी दिए । उनका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा रु एक करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा रु दुई करोड ५७ लाख ३२ हजार, कोटसडक कालीमार्ग सडकमा रु ८० लाख ६९ हजार खर्च भएको छ ।
भीमगोफा कृषि सडकमा रु ७१ लाख छ हजार, सालिग्राम कोरिडोर लोकमार्गमा रु नौ करोड एक लाख ७६ हजार, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा ६५ लाख ८४ हजार, बुल्दीखोला पुल शेरा रामथुक्कीमा ६६ लाख २९ हजार, ब्याङ्दीखोला कल्भर्ट योजनामा ३२ लाख ४१ हजार, खहरेखोला सडक पुलका लागि रु दुई करोड ६५ लाख ६७ हजार र लुम्दीखोला पुलका लागि रु २५ लाख ८२ हजार बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












