चार दिनदेखि लगातार ओरालो यात्रामा नेप्से, सोमबार ५५.८६ अंकले घट्यो
काठमाडौं । साताको पहिलो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से ५५.८६ अंकले घटेको छ । परिसूचक एकैदिन २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ । सोमबार २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच भएको छ ।जसमा बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रि-ओपन सेसनमा ०.६६ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही मिनेट माथि गएको थियो । तर बजारमा पर्ख र हेरको अवस्थामा बसिरहेका लगानीकर्ता बढी भएकाले गर्दा क्रेता भन्दा पनि बजारमा बिक्रेता हाबी भए । निरन्तर ओरालो गतिमा गएको देखिएको छ । २ः३० सम्म बजार सम्हालिन खोजेको देखिए पनि बजार बन्द हुँदा भने नेप्सेमा भारी गिरावट आएको छ ।
सोमबार ३२७ वटा कम्पनीहरूको शेयर कारोबार हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज १३ वटा समूहमध्ये कुनै पनि समूहको शेयर मूल्य बढेको छैन । आज सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम २.६७ प्रतिशतले घटेर ६ हजार ७१२.३५ विन्दुमा आएको छ ।
त्यस्तै वाणिज्य बैंक २.२८ प्रतिशतले, विकास बैंक १।८७ प्रतिशतले, फाइनान्स २.२७ प्रतिशतले, हाइड्रो २.४४ प्रतिशतले, लगानी ०.३४ प्रतिशतले, जिवन बीमा २.४९ प्रतिशतले, उत्पादन तथा प्रसोधन १.२५ प्रतिशतले, लघुवित्त २.३३ प्रतिशतले, म्यूचुअल फण्ड ०.९४ प्रतिशतले, निर्जीवन बीमा २.४५ प्रतिशतले, अन्य समूह १.८३ प्रतिशतले र ट्रेडिङ समूह ०.३५ प्रतिशतले घटेको छ ।
आज दिनभरमा १ लाख ११ हजार ९८६ पटक शेयर किनबेच भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












