हेलम्बु गाउँपालिकाका सरकारी कार्यालयमा प्लास्टिकजन्य पदार्थ निषेध
काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु गाउँपालिकामा प्लास्टिकजन्य पदार्थ निषेध गरिएको छ । तामाका भाँडाहरू प्रयोग गर्ने भन्दै प्लास्टिकका सामग्री निषेध गरिएको हो ।
गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरू प्रयोग गर्ने र प्लास्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयनका लागि सम्पूर्ण शाखाहरू, विद्यालयहरू, वडा कार्यालयहरू र स्वास्थ्य चौकीहरूमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले सूचना जारी गर्दै प्लाष्टिकको सामाग्री निषेध निर्णय कार्यान्वयन गर्दा प्रयोग गरिएका प्लास्टिकजन्य पदार्थहरू निश्चित स्थानमा मात्र विसर्जन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
गाउँपालिका र मातहतका कार्यालयमा स्वच्छ र मनमोहक वातावरण कायम गर्ने, जैविक वस्तहरुको मात्र प्रयोग गर्न प्रोत्साहन गर्ने, पर्यटन प्रवर्द्धन, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले प्लाष्टिक निषेध गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












