हेलम्बु गाउँपालिकाका सरकारी कार्यालयमा प्लास्टिकजन्य पदार्थ निषेध
काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु गाउँपालिकामा प्लास्टिकजन्य पदार्थ निषेध गरिएको छ । तामाका भाँडाहरू प्रयोग गर्ने भन्दै प्लास्टिकका सामग्री निषेध गरिएको हो ।
गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरू प्रयोग गर्ने र प्लास्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयनका लागि सम्पूर्ण शाखाहरू, विद्यालयहरू, वडा कार्यालयहरू र स्वास्थ्य चौकीहरूमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले सूचना जारी गर्दै प्लाष्टिकको सामाग्री निषेध निर्णय कार्यान्वयन गर्दा प्रयोग गरिएका प्लास्टिकजन्य पदार्थहरू निश्चित स्थानमा मात्र विसर्जन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
गाउँपालिका र मातहतका कार्यालयमा स्वच्छ र मनमोहक वातावरण कायम गर्ने, जैविक वस्तहरुको मात्र प्रयोग गर्न प्रोत्साहन गर्ने, पर्यटन प्रवर्द्धन, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले प्लाष्टिक निषेध गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











