वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक १२ अर्ब बराबरको कारोबार गरेको तथ्यांक
काठमाडौं । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको तथ्यांक सार्वजनिक गरिएको छ ।
चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, ७ अप, स्टिङ (एनर्जी ड्रिङ्स) आदि नेपाली बजारमा उपलब्ध छन् । यी सबै उत्पादनहरू पेप्सी ब्रान्ड अन्तर्गतका हुन् । यिनीहरूको उत्पादन तथा वितरण वरुण वेभरेजले गर्दै आएको छ ।
राजधानीको पेप्सीकोलामा वि.संं. २०५५ बाट कम्पनीले ५० रोपनी जग्गामा आफ्नो साम्राज्य खडा गरेर काम गरिरहेको छ भने नवलपरासी जिल्लाको रामग्राममा पनि १५ बिघा जमिनमा वरुण वेभरेजले आफ्नो उत्पादन तथा वितरणको काम गर्दै आएको छ ।
बजारको माग अनुसार देशका सबै भूभागमा आफ्ना उत्पादन पुर्याएर बजार विस्तारमा जोड दिइरहेको वरुण वेभरेज एउटा मल्टीनेसन कम्पनी मात्र नभएर नेपालको एक ‘हाई ट्याक्स पेयर ’कम्पनी पनि भएको बताइएको छ । जसले नेपाल सरकारलाई चारदेखि पाँच अर्ब रुपैयाँसम्म कर तिर्ने गरेको छ भने देशमा प्रत्यक्ष रूपमा हजारौँ तथा अप्रत्यक्ष रूपमा दसौँ हजारलाई रोजगारी दिएको जनाएको छ ।
विशेष गरेर छिमेकी मुलुक भारतमा ठुलो बजार हिस्सा ओगटेको वरुण वेभरेजले नेपाल, श्रीलङ्का, जिम्बाबे, मोरक्को साउथ अफ्रिका, कङ्गो र केन्यामा समेत राम्रो व्यापार गर्दै आएको जनाएको छ । भारतीय स्टक एक्सचेन्जहरू एनएसई र विएसई नाममा सूचिबद्ध वरुण बेभरेजका भारतमा मात्र ३८ बढी उत्पादन कारखानाहरू रहेका छन्।
गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका यो मल्टी नेसनल कम्पनीले विभिन्न ८ वटा देशमा गरी वार्षिक करिब १६ खर्ब रुपैयाँ भारु भन्दा धेरैको कारोबार गर्दै आएको जनाइएको छ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












