मानसरोवर कैलाश जाने धार्मिकयात्रीको सङ्ख्या बढ्दो
रसुवा । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन्।
रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए। उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ।
धार्मिकयात्रीमध्ये काठमाडौँबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिए।
मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ। नेपालीका लागि कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार र कुनैलेएक लाख ७० हजारसम्म लिने गरेको यात्रीले बताएका छन्।
समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा जानुपर्ने भएका कारण ट्रेकिङ एजेन्सीले ठाउँठाउँमा बास राखी हावापानीको वातावरण मिलाउँदै लाने गरेको र १० दिन अन्तरालमा धार्मिकयात्रा सम्पन्न गराई नेपाल फर्काउने गरेको बताइएको छ। यात्री टिमुरे तथा घट्टेखोला क्षेत्रका होटलमा एक रात बस्ने गरेका कारण सीमावर्ती स्थानका होटल तथा लज व्यवसाय चलायमान भएको व्यवसायीले बताएका छन्।
टिमुरेको घट्टेखोला तथा स्याफ्रुबेँसीमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड निजी जग्गामा मात्र भएकाले हेलिप्याड बनाउने दुई स्थानीयवासीले पनि मनग्य आम्दानी लिन सफल भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार नेपालका विभिन्न हेलिकप्टर कम्पनीले जेठदेखि भदौ २४ सम्म चार सय दुई उडान भरेका थिए।
मानसरोवर कैलाश जाने सवारीसाधन सिधैँ टिमुरेतर्फ प्रस्थान गर्ने भएका कारण धुञ्चेका व्यवसायीले ती यात्रुबाट कुनै पनि लाभ लिन नसकेको बताउँदै यहाँका व्यवसायीले एक रात धुञ्चेमा बसाल्ने वातावरण मिलाउन आग्रह गरेका छन्।
धुञ्चेमा बास राख्दा यात्रीलाई यहाँबाट देखिने लाङ्टाङ हिमालको अवलोकन गर्न र नेपालको एकमात्र तामाङ सङ्ग्रहालय अवलोकन गराई हिमाली बासिन्दाको परापूर्वका इतिहास हेर्न सहज हुने बताइएको छ।
यस्तै रसुवागढी नाकाबाट एक हजारभन्दा बढी विदेशी पर्यटक ल्हासातर्फ गएका छन्। मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ।
कैलाश तीर्थ गएका यात्रीमध्ये लेक लाग्ने समस्याका कारण एक विदेशीसहित चारजना नेपालीको मृत्यृ भएको र आठजना नेपाली बिरामी परेको जानकारी सुरक्षाकर्मीले दिए।
रसुवागढीको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। दैनिक रूपमा मानिस तथा मालवाहक सवारीसाधन ओहरदोहर भइरहने नाका क्षेत्रमा हुनसक्ने अवैध चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीद्वारा विभिन्न कोणबाट जाँचकार्य तीव्र बनाइएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











