फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५औँ स्थानमा थियो ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । त्यसैगरी दुई स्थान तल झर्दै भुटान १८४औँ स्थानमा छ भने दुई स्थान तल झरेर बंगलादेश १८६औँ स्थानमा पुगेको छ । त्यसै गरि पाकिस्तान १९७औँ स्थानमा र पाँच स्थान सुधार गर्दै श्रीलंका २००औँ स्थानमा छ ।
फिफा वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै रहेको छ । फिफा वरियताको शिर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन । जसमा दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा ईङल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस्, आठौमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन् । एशियाबाट जापानले २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ ।
Comments
अरु समाचार
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...
-
बाढीपीडित किसानको गुनासो- स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन
राजविराज (सप्तरी), १९ असोजः सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी...
-
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड रुपियाँ
काठमाडौँ: विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रुपियाँ प्राप्त गर्दैछ । सन्...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना...
-
मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, १९ असोजः देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको...
-
आजको राशिफल: २०८१ साल असोज १९ गते शनिबार
मेष: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन...
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...