पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता अभिमुखिकरण अभियान सुरु गरेको छ । यस क्षेत्रमा दक्षजनशक्ति उत्पादन तथा आगामी पुस्तालाई अभ्यस्त गराउने उद्देश्यले बोर्डले अभिमुखिकरण अभियान शुभारम्भ गरेको हो । पर्यटन जनशक्तिलाई सशक्त बनाउने लक्ष्यका साथ कार्यक्रम सुरुवात गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताउनुभयो ।
“अभियान पर्यटन प्रवद्र्धनको पहल हो । यस कार्यमा विद्यार्थी र उद्योगी व्यवसायीको सक्रिय साथको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “यो पहल ज्ञान हस्तान्तरणका लागि मात्र नभइ पर्यटन उद्योगको भविष्यलाई आकार दिने युवा नेताहरु बनाउने अभियान पनि हो ।” ‘इम्पावरिङ फ्युचर टुरिज्म लिडरसिपः शेयरिङ नलेज एन्ड इन्सपायरिङ ग्रोथ’ शीर्षकको मासिक शृङ्खलाको उद्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टका ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थी सहभागी थिए । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यस कार्यक्रमले विद्यार्थीलाई उद्यमी बन्नेतर्फ प्रेरित गर्ने बताउनुभयो ।
बोर्डका वरिष्ठ प्रबन्धक बिमल कँडेलले नेपालका अनुपम पर्यटकीय सम्पदाबारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । शुभश्री कलेजका प्रिन्सिपल मनिता ओलीले विद्यार्थीले आतिथ्य क्षेत्रमा नयाँ सीप र ज्ञान हासिल गर्दै भविष्यमा पर्यटन पेसाप्रति अभिप्रेरणा जगाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । यो पहलले उद्योग विशेषज्ञता र उदीयमान प्रतिभाबीचको खाडललाई कम गर्दै आवश्यक वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ । कार्यक्रमले सिकाइ, सहकार्य र नवप्रवर्तनलाई बढावा दिने जनाइएको छ । यसमार्फत अनुभवी प्रशिक्षक, शिक्षक र विद्यार्थीलाई पर्यटनमा नवीनतम प्रवृत्ति छलफल गर्न र भविष्यका अवसर अन्वेषण गर्न अभिप्रेरित गर्ने कार्यक्रमको समन्वय गरिरहनुभएका बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताउनुभयो ।
कार्यक्रममा सहभागी हुन चाहने शैक्षिक संस्थाले पर्यटन सम्पदा तथा संशोधन विकास महाशाखाको पर्यटन क्षमता विकास एकाइमा सम्पर्क गर्नसक्ने बोर्डले उल्लेख गरेको छ । बोर्डले नेपालमा दिगो पर्यटन प्रवद्र्धन गर्न र प्रमुख पर्यटन गन्तव्यका रूपमा देशको छवि बढाउन प्रतिबद्ध रहेको भन्दै नवीन कार्यक्रम र साझेदारीमार्फत, बोर्डले पर्यटन उद्योगको विकासलाई दीर्घकालीन सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











