विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दै छन् ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्यको शिखर सम्मेलन’ मा राष्ट्रपति, प्रधानमन्त्री, राजा र मन्त्रीहरूलाई आफ्नो प्रारम्भिक ‘स्टेट अफ द वर्ल्ड’ भाषणको पूर्वावलोकन गर्दै भने, “हाम्रो संसार लिकबाट हटिरहेको छ र हामीलाई पुनः लिकमा फर्कन कठोर निर्णयहरूको आवश्यकता छ ।”
उनले ‘मध्यपूर्वदेखि युक्रेन र सुडानसम्म भड्किरहेका र बढ्दै गएका द्वन्द्वहरूको अन्त्य देखिँदैन’ भने । उनले विश्वव्यापी सुरक्षा प्रणाली ‘भू–राजनीतिक विभाजन, आणविक शक्ति प्रदर्शन तथा नयाँ हतियार र युद्धका मैदानहरूको वृद्धिले धम्की’ मा परेको बताउए ।महासचिव गुटेरेसले असमानता, उदीयमान अस्तित्वको खतरामा प्रतिक्रिया दिन प्रभावकारी विश्वव्यापी प्रणालीको अभाव र जलवायु परिवर्तनको विनाशकारी प्रभावबारे पनि चर्चा गरेका छन्।
मङ्गलबार उद्घाटन हुने महासभाको उल्लेखनीय क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भवतः विश्व मञ्चमा अन्तिम प्रमुख उपस्थिति हुनेछ ।राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गत साता पत्रकारहरूलाई करिब दुई अर्ब मानिस द्वन्द्व प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने भन्दै महासभामा अमेरिकाको ध्यान ‘युद्ध सङ्कट’ अन्त्य गर्नेमा केन्द्रित हुने बताए ।
तर उनले भने, “विश्वभरका सबैभन्दा कमजोर मानिसहरूले हामीले प्रगति गर्ने, परिवर्तन ल्याउने र उनीहरूका लागि आशाको भावना ल्याउने कुरामा भरोसा गरिरहेका छन् ।”उद्घाटनको दिन अन्य वक्ताहरूमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनेछन् ।
इरानी राष्ट्रपति पेजेस्कियानले सोमबार इजरायलमाथि मध्यपूर्वमा व्यापक युद्ध खोज्न र आफ्नो मुलुकलाई विस्तृत द्वन्द्वमा लैजान ‘जाल’ थापेको आरोप लगाए । उनले इजरायललाई दोष दिँदै गत साता लेबनानमा पेजर, वाकी–टाकी र अन्य विद्युतीय उपकरणहरूको घातक विस्फोटतर्फ सङ्केत गरे । साथै उनले आफ्नो सपथ ग्रहणको केही घण्टापछि जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यालाई पनि सङ्केत गरे ।
उनले भने, “हामी लड्न चाहन्नौँ, इजरायलले सबैलाई युद्धमा तान्न र यस क्षेत्रलाई अस्थिर बनाउन चाहन्छ, तिनीहरूले हामीले नचाहेको विन्दुमा हामीलाई तानिरहेका छन् ।” इरानले गाजामा हमास र लेबनानका हिजबुल्लाह लडाकुहरू दुवैलाई समर्थन गर्दछ । अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिबान्डले संयुक्त राष्ट्रसङ्घ स्थापना भएको सन् १९४५ मा सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनलाई सम्झाए ।
तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले प्रतिनिधिहरूलाई ‘शक्ति नै अधिकार हो’ भन्ने मान्यतालाई अस्वीकार गर्न र त्यसलाई उल्ट्याएर ‘अधिकार नै शक्ति हो’ बनाउन आग्रह गरेका थिए र यसलाई राष्ट्रसङ्घको बडापत्रमा समावेश गरिएको थियो । मिलिबान्डले भने, “करिब ८० वर्षपछि हामीले यो समीकरणलाई उल्ट्याउन नसक्दाको भयानक परिणाम देखेका छौँ । गाजा, सुडान र युक्रेनजस्ता सन्दर्भहरूमा शक्तिले नै अधिकार बनाइरहेको छ ।”
बढ्दो वैश्विक मानवीय आवश्यकता, अनियन्त्रित द्वन्द्व, अनियन्त्रित जलवायु परिवर्तन र बढ्दो चरम गरिबीको सामना गर्दै मिलिबान्डले विश्व नेताहरूलाई चुनौती दिँदै प्रश्न गरे, “आगामी ८० वर्षका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई तपाईँहरू कसरी कमजोर नभई बलियो बनाउनुहुन्छ ?”
दुई दिवसीय ‘भविष्यको शिखर सम्मेलन’ पछि आयोजना भएको महासभाको वार्षिक बैठक सेप्टेम्बर ३० मा समाप्त हुन्छ । ‘भविष्यको शिखर सम्मेलन’ ले विश्वका बढ्दो विभाजित मुलुकहरूलाई २१औँ शताब्दीका द्वन्द्वदेखि जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र महिला अधिकारसम्मका चुनौतीहरूको सामना गर्न एकजुट गर्ने लक्ष्यसहितको खाका अपनाएको थियो ।
बयालीस पृष्ठको ‘भविष्यका लागि सम्झौता’ ले राष्ट्रसङ्घका एक सय ९३ सदस्य मुलुकका नेताहरूलाई प्रतिज्ञाहरूलाई वास्तविक काममा परिणत गर्न चुनौती दिन्छ । यसले विश्वका आठ अर्बभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउँछ । “हामी बहुपक्षवादलाई विनाशको किनारबाट फर्काउन यहाँ भेला भएका छौँ”, महासचिव गुटेरेसले भने । उनले सम्झौतालाई ग्रहण गरेर नेताहरूले ढोका खोलेको बताउनुभयो । “अब यसमार्फत हिँड्नु हाम्रो साझा नियति हो, यसले सहमतिको मात्र नभई कामको पनि माग गर्दछ ।”
गत वर्षको राष्ट्रसङ्घीय वैश्विक भेलामा युक्रेन र त्यसका राष्ट्रपति भोलोदिमर जेलेन्स्की केन्द्रीय स्थानमा थिए । तर अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको घातक आक्रमणको पहिलो वार्षिकोत्सव नजिकिँदै गर्दा गाजामा भइरहेको युद्ध र इजरायल–लेबनान सीमामा बढ्दो हिंसामा ध्यान केन्द्रित हुने निश्चित छ । हिंसा अहिले पूरै मध्यपूर्वमा फैलिन खतरामा छ । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले बिहीबार बिहान र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार अपराह्न बोल्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












