के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएकाले सचेत हुन आग्रह गरेको छ । “भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकहरुका लागि यात्रा परामर्श तथा अनुरोध” शीर्षकमा विज्ञप्ति जारी गर्दै विभागले गैरकानुनी किसिमले विदेश जानेहरुलाई सचेत गराएको हो । यस्तो कार्य गरेमा कारवाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने पर्ने भएकाले सचेत रहन विभागले सुझाएको छ ।
भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले सेटिङको नाममा विचौलियाहरुले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन र भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले भ्रमण गर्ने सम्बन्धित देशको पूर्ण जानकारी लिएर तथा भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्न विभागको आग्रह छ ।
“विभिन्न प्रलोभनमा पारी श्रम गन्तव्य मुलुकहरुमा लैजान बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएकोभन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्नेजस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाँदै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई श्रम भिसा (Working Visa) मा श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्नुहोस्”, विभागको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सकेसम्म नेपालको विमानस्थलहरुवाट मात्र यात्रा गर्न र भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्न चाहेमा सम्बन्धित नेपाली राजदूतावासबाट जारी हुने No Objection Certification (NOC) लिएर यात्रा गर्न र यसरी यात्रा गर्दा थप सजगता एवम् सावधानी अपनाउन भनिएको छ । यस्तै वैदेशिक रोगजारीमा कामदार पठाउन इजाजत प्राप्त संस्थाले पनि वैदेशिक रोगजारीका लागि भिजिट वा पर्यटक भिसामा पठाउन नमिल्ने हुँदा यसतर्फ पनि सावधानी अपनाउन सूचित गरिएको छ ।
मित्रराष्ट्र भारत तथा बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरुपमा गैरकानुनी र राष्ट्रहित विपरीत कार्य भएकाले यस्ता राष्ट्रहित विपरीतका काममा सहभागी नहुन सबैमा सुझाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको बेलामा कुनै सहयोग आवश्यक परेमा उक्त देशमा रहेको वा नजिकको नेपाली दूतावास वा नियोगमा सम्पर्क गर्न पनि विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











