बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान १० बजे बस्दैछ । असोज ९ गते बस्ने भनिएको बैठक तयारी पूरा नभएको भन्दै आजका लागि सारिएको थियो । अहिले सर्वोच्च अदालतमा ४ र उच्च अदालतमा १६ जना न्यायाधीशहरु पद रिक्त छन् ।
फुलकोर्टको बैठक जहिल्यै बुधबार बस्ने प्रचलन भएपनि हिजो (बिहीवार) बसेर १५९ जना वकिललाई वरिष्ठ वकिलको उपाधि दिने निर्णय विवादमा परेको छ । वैशाखदेखि दिइने भनिएको वरिष्ठ पदको उपाधि हिजो दिनु र आज न्यायपरिषद्को बैठक बस्नु आफैंमा विवादित विषय भएको टिप्पणी गरिएको छ । कांग्रेसका उपसभापति एवम् विवाददास्पद छवि भएका नेता पूर्णबहादुर खड्काका मान्छे हौं भन्ने केही वकिल पनि वरिष्ठ भएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा आफूहरु नियुक्ति हुन्छौं भन्दै केही वरिष्ठको उपाधि पाएका वकिलहरुले अपवाह फैलाएका छन् । उपसभापति खड्का ढोंगी र मन्त्री हुनका लागि प्रचण्डका पिछलग्ग् हुन् । आफै उपप्रधानमन्त्री हुँदा आफ्ना सहकर्मी बालकृष्ण खाँणलाई पक्राउ गर्न उनले सहयोग गरेका थिए ।
प्रधानन्यायाधीश र न्यायपरिषद्का केही सदस्यहरु उच्च अदालतका मुख्य न्यायाधीशहरुलाई सर्वोच्च लैजान जोडबल गरिरहेका छन् । न्यायपरिषद्का केही सदस्यहरु भने हिजो बिहीबार मात्रै वरिष्ठ भएका क्षमताहिन वकिलहरुलाई न्यायाशीश बनाउन मरिहत्ते गरिरहेका छन् । वरिष्ठ वकिललाई न्यायाधीश बनाउनै परे पूराना वरिष्ठ वकिलहरु मेघराज पोखरेल, ईश्वरी भट्टराई, विजय मिश्रलाई प्राथमिकता दिनुपर्नेमा प्रधानन्यायाधीश सहमत छन् ।
सिफारिस हुन सक्ने न्यायाधीशको सुचीमा उच्च अदालतका मुख्य न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डे, रमेश प्रसाद राजभण्डारी, लोहितचन्द्र शाह लगायत रहेका छन्। विशेष अदालतमा रहँदा सिक्टा सिचाई आयोजनाको नहर निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विवादास्पद फैसला गरि कालिका कन्ट्रक्सन जेभी र त्यसका अध्यक्ष विक्रमबहादुर पाण्डेलाई सफाई दिने फैसला गरेर त्यहाँको माटो र भुगर्भलाई दोषी ठहर गर्ने विवादास्पद मुख्य न्यायाधीश श्रीकान्त पौडेल पनि न्यायाधीशमा सिफारिस हुन खोज्दैछन। त्यसैगरि विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले पनि सर्वोच्च अदालतको न्यायाधीश बन्ने इच्छा देखाएका छन् ।
नेपाल बारका अध्यक्ष गोपालप्रसाद घिमिरे भने आफू सर्वोच्च अदालतको न्यायाधीश हुने र आफू नभए केही वकिलहरुलाई उचालेर न्यायाधीश नियुक्त हुन नदिन विगतदेखि लागिरहेका छन् । घिमिरेलाई परमादेश फैसलापछि कानुन मन्त्री बनेका गोविन्द शर्मा बन्दी कोइरालाले उचालिरहेका छन् । उनले विगतमा कानुनमन्त्री हुँदा उच्च र सर्वोच्चको न्यायाधीश बनाइ दिन्छु भन्दै पैसा उठाएका थिए । पैसा दिएका मान्छेहरु न्यायाधीश नहुने भएपछि न्यायाधीश नियुक्ति रोक्नका लागि बार अध्यक्षसँग मिलेर चलखेल गरेका हुन् ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












