नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा निगमलाई सम्मान गरिएको हो ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । निगमले २०२३ अगष्ट १ तारिखदेखि २०२४ अगष्ट ३१ तारिखसम्म १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरेको छ । यस संकलित रकमले देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पुर्याएको छ । आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको छ ।
निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यहरुमा यात्रुहरुलाई अन्तर्राष्ट्रिय स्तरको सेवा पुऱ्याउँदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बढीभन्दा बढी राजस्व उठाउन सहयोग गर्ने नेपाल सरकार, तालुकदार मन्त्रालय एवं सबै सरोकारवालाहरु, सेल्स एजेन्टहरु तथा सबै कर्मचारीहरुलाई निगमले आभार प्रकट गरेको छ ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












