टी-२० आई सिरिज: पहिलो खेलमा क्यानडाले नेपाललाई १४ रनले हरायो
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।
ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए । क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १-१ विकेट लिए ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए ।
तल्लोक्रममा प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन जोडे । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । आईसीसी विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रन र ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा आइतबार राती ओमानसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












