फूल बेच्न भ्याइनभ्याई
काठमाडौं । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ । तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ । “तिहारका लागि फूलको माग असाध्यै छ । मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ”, उनले भने, “कोही बारीमै पुगेर फूल किनिरहेका छन् । कतिपयले फोनबाट फूलको माग गरेका छन् ।”
पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन् । फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गरेका छन् ।
तिहारमा हालसम्म रु १५ हजारका फूल बिक्री गरेको रोकायाको भनाइ छ । “दिनमा एकपटक महेन्द्रनगरको माग पूर्ति गर्न फूल लिएर आउनुपर्छ । त्यसपछि दोधारा चाँदनीमै व्यस्त भइन्छ”, उनले भने, “तिहार लक्षित गरेर फूलखेती गरिएकाले तिहार सबै फूल बिक्री गरिसक्नुपर्ने हो ।”
सुन्दरनगरमा रोकायाले बाह्र कट्ठा जमिनमा फूलखेती गरेका छन् । उनको खेतमा हाल सयपत्री र मखमली फूल फुलेर बिक्रीका लागि तयार छन् । प्रतिकिलोग्राम रु तीन सयका दरले फूल बिक्री भइरहेको उनले बताए। अझै खेतमा डेढ क्विन्टल फूल बिक्री गर्न बाँकी रहेको उनको भनाइ छ ।
“रामलीलालगायत कार्यक्रममा पनि फूल बिक्री भयो । तिहार बाँकी फूल सबै बिक्री हुने विश्वास छ”, रोकायाले भने, “पोहोर साल रु पाँच सय किलोग्रामका दरले बिक्री भएको थियो । उपभोक्ता महँगो भनेपछि यसपालि मूल्य घटाएको हो ।” बाह्र कट्ठा जमिनमा फूल खेती गर्न रु ४५ हजार लगानी लागेको उनको भनाइ छ । भारतबाट फर्किएर रोकायाले दुई वर्षअघिदेखि फूल खेती थालेका हुन् ।
सुरुआतमा भारतबाट रोकायाले फूलको बीउ मगाएर खेती गरेका थिए । “अब बीउ ल्याउनुपर्ने अवस्था छैन । फूलको बेर्ना आफैँले खेतमा उत्पादन गर्ने गरेको छुँ”, उनले बताए, “फूल र माला बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ ।” असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । साउनमा खेतमा सारेको फूलको बेर्ना असोजदेखि बिक्रीका लागि तयार हुने गरेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












