मन्त्री यादवद्वारा छठ पर्व तयारीको स्थलगत निरिक्षण
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले महापर्व छठलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गरेका छन् ।
छठ पर्वलाई विशेष महत्त्व दिँदै उनले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण, र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्। मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक, र सुरक्षित बनाउन वीरगन्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न निर्देशन दिए ।
उनले भने, “छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब हो । यसलाई गरिमामय र सफल बनाउन वीरगन्ज महानगरपालिका, धार्मिक सङ्घ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ ।” उनले सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताए ।
छठ पर्व नेपालका विभिन्न भागहरूमा, विशेष गरी मधेस प्रदेशमा, महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा सूर्य उपासनाका लागि हजारौँ भक्तजनहरूले पोखरी तथा जलाशयमा पूजा–अर्चना गर्ने परम्परा रहेको छ । “पोखरी क्षेत्रलाई पवित्रता, सुरक्षा, र सौन्दर्यका हिसाबले व्यवस्थित बनाउनु अपरिहार्य हुन्छ ।” मन्त्री यादवले भने ।
नगवा पोखरी निरीक्षणका क्रममा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाले छठ पर्वका लागि आवश्यक सबै तयारीहरू गरिरहेको बताए । उनले भने, “महापर्व छठ वीरगन्ज र मधेस प्रदेशको धार्मिक र सांस्कृतिक धरोहर हो । यसले धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउँछ ।”
प्रमुख सिंहले नगवा पोखरीसँगै अन्य छठ घाटहरूको सरसफाइ, सुरक्षा, र अन्य व्यवस्थापन कार्यलाई समयमै पूरा गर्न महानगरपालिकाको सक्रियता रहेको स्पष्ट पारे। उनले छठ पर्वलाई भव्य बनाउन महानगरपालिकाले हरेक सम्भव सहयोग र व्यवस्थापनका लागि कटिबद्ध रहेको बताए ।
निरीक्षण पश्चात् मन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) वीरगन्ज महानगरपालिका वडा नम्बर २९ एकाइ कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी भएका थिए । उनले समाजमा चाडपर्वहरूले भाइचारा, सद्भाव, र सामाजिक एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै भने, “चाडपर्व हाम्रो सांस्कृतिक परम्परा र आपसी सद्भावको प्रतीक हुन् । यसले समुदायलाई एकजुट बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याउँछ ।” सो कार्यक्रममा जसपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












