लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियाका हुसर्के खोँचमा पाँच दिनपछि भेटिए
काठमाडौं । लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के पाँच दिनपछि भेटिएका छन् । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन्।
आरोहणका लागि गएका उनी हिमालको ३० मिटरभन्दा बढी गहिरो खोँचमा भेटिएका हुन्। गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा बढी उचाईमा रहेको उक्त खोँचबाट उनको उद्धार भने कठिन रहेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईले मौसम खराब भएका कारण हेलिकोप्टर जान सक्ने अवस्था नभएपछि सोमबार उनको उद्धार सम्भव नभएको बताए। हवाई उद्धारका लागि गएको टोलीले उनले लगाएको लुगा, स्लिपिङ व्याग लगायत सामग्री फेला पारेको थियो। सोही क्षेत्रमा खोजी गर्ने क्रममा उनी भेटिएका हुन्।
तर, खोँचका फसेका कारण विशेषज्ञ टोली गएर मात्रै उद्धार हुनसक्ने अवस्था देखिएको डीएसपी भट्टराईले बताए। मौसम खुलेलगत्तै विशेषज्ञसहितको टोली परिचालन गरेर उनको उद्धार गर्ने तयारी भएको भट्टराईको भनाइछ।
उनीसँगै बेपत्ता भएका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने आफैं सम्पर्कमा आएका थिए। अर्का जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई टोलीले उद्धार गरेको थियो। उनीहरु दुवैको काठमाडौंमा उपचार भइरहेको छ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











