तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
काठमाडौं । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले रु २० लाख प्रदान गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई रु २० लाखको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान गरेका हुन् ।
नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षयकोषका रुपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरुको उपचार गरिने बताए । यसअघि श्रेष्ठका पाँच दाजुभाईले दिवंगत बुवाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न रु ५० लाख नगद र छ रोपनी जग्गा निशुल्क दान गरेका थिए ।
तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । वार्षिक छ सय बढीको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ । केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...











