धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
काठमाडौं । मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको छ। विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।
धुलाबारी बजार क्षेत्रको सहिद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत रु २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलब तीन किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति सुरु गरिएको छ।
उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो। सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की घर र पसल वर्षौं अघि थिए। आज बिहानदेखि नगरपालिकाका नगर प्रहरीहरु डोजरसहित ती संरचना भत्काउन खटिएका छन्। धुलाबारी मोडदेखि उत्तरतर्फ एक सय मिटरको दूरीमा रहेका अतिक्रमित सबै संरचना भत्काइएका छन्।
भत्किएको स्थानबाट घरधनी तथा पसलेहरुले आफ्ना सामान सुरक्षित स्थानमा सारेका छन्। मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले सडक मिचेर बनाइएका सबै संरचना हटाइने जनाउँदै पाँच दिनभित्रमा सडकको ४२ मिटर क्षेत्र खाली गरिने बताए। बजार क्षेत्रमा अतिक्रमण गरेर ५२ वटा सटर बनेको वडाध्यक्ष खनालले बताए। उनले भने,सडकको मापदण्डभित्र ४२ मिटर क्षेत्र पर्छ। त्यसभित्रका संरचनामा डोजर चल्छ।
धुलाबारी मुलुककै पुरानोमध्येको एक बजार हो। कुनैबेला हङकङ मार्केटको रुपमा यसको ख्याति दार्जीलिङ, कोलाकाता, आसाम र भुटानसम्म फैलिएको थियो। उताका व्यवसायी तथा धनाढ्यहरु महँगा चिनियाँ सामान किन्न धुलाबारी आउने गर्थे। भारत र चीनबीच नाका खुला गर्ने नयाँ व्यापार सम्झौता भएपछि धुलाबारी बजार सुस्ताउँदै गएको थियो।
गुल्जार भएका बेला धुलाबारी बजार क्षेत्रमा व्यापारिक उद्देश्यले जथाभावी घर तथा पसल निर्माणको लहर चल्यो। त्यही बेला पक्की संरचना सडक सीमा क्षेत्रभित्रै बनेका थिए। विसं २०८२ असार ३१ गतेभित्र निर्माण पूरा गर्ने गरी भारत विहारको निर्माण कम्पनी एनएनटी डेभलोपर्स प्रालिले सडकको ठेक्का पाएको छ।
Comments
अरु समाचार
-
ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकामाथि नेपालको सानदार जीत
काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई ११...
-
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम...
-
एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौं । एसिसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले...
-
“सुखी नेपाली समृद्ध नेपाल”का लागि सामाजिक सुरक्षा योजना महत्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज...
-
‘मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छ’
काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मानव अधिकारको रक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्...
-
इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
काठमाडौं । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार...
-
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
काठमाडौं । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द...
-
नेटो र युक्रेन बीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता
काठमाडौं । युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा...
-
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्याः राष्ट्रसङघ
काठमाडौं । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६०...