दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र लिथुआनियाकी गेर्डा ल्युड्विनाभिसियुटेकाले सिर्जना गरेका कला प्रर्दशनी गरिने भएको हो । आर्टुडियो अन्तर्राष्ट्रिय कलाकार रेसीडेन्सी कार्यक्रम २०२४ अन्तर्गत दुवै जनाले नेपाल आई सिर्जना गरेका रचनात्मक कार्यको सम्मान स्वरुप प्रर्दशनी हुन लागेको हो । आर्टुडियोमै यही मङ्सिर १४ देखि एक सातासम्म प्रदर्शनी हुनेछ ।
आर्टुडियोका संस्थापक र निर्देशक कैलाश के श्रेष्ठले प्रर्दशनीबारे उत्साहित हुँदै भन्नुभयो, “यो प्रदर्शनीले हामीलाई कलाले एउटा सार्वभौमिक भाषाको रूपमा कसरी जोड्छ भन्ने शक्ति प्रदर्शन गर्नेछ ।” उहाँका अनुसार कलाकार चाउको कला दृष्टिकोण मानवशास्त्र र ललित कलाको समृद्ध शैक्षिक पृष्ठभूमिमा आधारित छ । यस्तै, उहाँको काम प्रायः सांस्कृतिक कथा, पहिचान र स्थानीय धारणामा आधारित छ । चाउले आफ्ना सिर्जना राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गर्दै समकालीन कलाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दैआउनुभएको छ ।
अर्का कलाकार गेर्डाको कला भने मनोविज्ञान र स्वास्थ्य अध्ययनमा केन्द्रीत छ । उनको अनुसन्धान मानवीय र गैरमानवीय अस्तित्वको परस्पर सम्बन्धमा केन्द्रित छ, जहाँ परिवर्तन र शरीरबारे धारणाको विषयलाई अन्वेषण गरिएको छ । उहाँका सिर्जनाले मानव प्रकृतिको सार र आन्तरिक पारिस्थितिक तन्त्रप्रतिको निर्भरतामा विचार उत्पन्न गराउने जानकारहरू बताउँछन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











